काठमाडौं– नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’को घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । नेपाल आइडलका तीन निर्णायकहरू न्यूह बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा यसमा पनि जजको रूपमा रहने भएका छन् । कार्यक्रमको सञ्चालन रीमा विश्वकर्मा र मदनकृष्ण श्रेष्ठका छोरा यमनले सञ्चालन गर्ने भएका छन् ।
पहिलो पटक नेपालमा हुन लागिरहेको अन्तर्राष्ट्रिय गायन रियालिटी सोलाई नोबडी प्रोड्युसनले उत्पादन गरेको हो । कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । यो रियालिटी सो साताको शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानलबाट प्रसारण हुने जनाइएको छ । आँनो गायन करियर नै रियालिटी सोबाट सुरु भएकाले यसलाई लिएर आफू उत्साहित भएको इन्दिराले बताइन् । विशेषगरी बच्चाहरूसँग मिलेर काम गर्न‘पर्ने भएकाले आफू रोमाञ्चक रहेकोसमेत उनले बताइन् ।