नेपालगन्ज । भाद्र ४ ।
नरैनापुर गाँउपालिका वडा नं. ५ मटेहियामा युवाहरुकालागि एक दिने सुचनाको हक सम्बन्धि तालिम भाद्र ४ गते प्रदान गरिएको छ ।
युएनडिपि नेपालको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सद्भाव तथा लोकतान्त्रीक सहभागिता परियोजना अन्तरगत सो तालिम गरिएकोे हो ।
परियोजना अन्तरगत वडा नं. ५ मा गठित सुचनाको हकका लागि युवा समुह, सामाजिक सद्भाव समुह लगायत वडामा क्रियाशिल युवाहरुको सहभागिता रहेको सो तालिममा सुचनाको हकका विभिन्न बिषयमा बासका अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य शिब कुमार बर्मा र कार्यक्रम संयोजक शम्भु शाहीले सहजिकरण गरेका थिए । तालिम पश्चात सुचनाको हकका बारेमा जानकारी भएको र आफ्नो स्थानमा हुने गरेका सार्वजनिक चासोका क्रियाकलापहरुको सुचना माग गर्ने सहभागि युवाहरुले बताएका छन् । तालिममा ३० बढी युवाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५ ११:३५