नेपालगन्ज । भाद्र ५ गते ।
बास केन्द्रीय कार्यालय नेपालगन्जमा भाद्र ५ गते अमेरिकन दुताबासकी प्रबक्ता Andie De Arment लगायतको टिमसँग भेटघाट तथा छलफल गरेको छ ।
भेटघाटको क्रममा बासले गरिरहेका क्रियाकलापहरुका बारेमा जानकारी गराईएको थियो भने बैठकको क्रममा सुशासन, जवाफदेहिता र पारदर्शिताको अवस्थाको बिषयमा छलफल गरिएको थियो । सो क्रममा अमेरिकी दुताबासकी प्रबक्ता Andie De Arment ले दुताबासको बारेमा जानकारी गराउदै सुशासन, जवाफदहिता र पारदर्शिताका बिषयमा भएका अभ्यासहरुको बारेमा आफ्नो अनुभव सुनाएकी थिईन् । बैठकमा अमेरीकन दुताबासका संचार संयोजक अपार पौडेलले दुताबासले गर्ने क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा एकाउन्टबिलिटी ल्याबका नारायण अधिकारी र सुरेश चन्दले ल्याबले गरिरहेका अभ्यासहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा बासको पृष्ठभुमि तथा संस्थाले गरिरहेका क्रियाकलापहरुको बारेमा संस्थाका कार्यकारी निर्देशक नमस्कार शाह, उप निर्देशक हेमराज भट्ट, अध्यक्ष मन भण्डारी, कोषाध्यक्ष लुना बुढाथोकीले जानकारी गराएका थिए । कार्यक्रममा बासका केन्द्रिय पदाधिकारीहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यसैबिच बासको संयोजनमा आज नै दुताबासको टोलीले नेपालगन्ज उपमहानगरपालिका र वडा नं. १२ मा पदाधिकारीहरुसँग भेटघाट गर्नुका साथै वडा अध्यक्ष र नगर कार्यपालिका सदस्यहरुसँग छलफल समेत गरेको छ ।