काठमाडौं – पाकिस्तानी पूर्व क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाडौं ओर्लिएका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपिएल) खेल्नका लागि बिहीवार दिउँसो काठमाडौं आइपुगको हुन् ।
आयोजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरेका छन् । अफ्रिदीले यो संस्करणको ईपिएलमा काठमाडौं किङ्ग्स–११ बाट प्रतियोगिता खेल्ने छन् । ४४ वर्षीय अलराउन्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार चार सय १६ रन बनाएका छन् । यस्तै उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।
चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाडांैसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।