काठमाडौं- पछिल्लो २४ घन्टामा १ हजार २ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय २९ पीसीआर परीक्षणमा ९ सय ४१ र ३ हजार ६ सय १४ एन्टिजेन परीक्षणमा २ सय ९८ जना गरी १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ जना रहेको मन्त्रालले सार्वजनिक गरेको छ । जसमध्ये १९ हजार ४ सय ३७ जना होम आइसोलेसनमा र १ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा छन् ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये ३ सय ४० जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा २ सय ४५, ललितपुरमा १ सय ७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएको मन्त्रालयले नियमत पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।