काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रिओट्सको कप्तान समेत रहेका मल्लले व्यक्तिगत कारण देखाउँदै ईपीएल खेल्न नसक्ने जानकारी दिएको क्लबले विज्ञप्ति जारी गदै जानकारी गराएको छ ।
ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएको बताइएको छ । जारी संस्करणको इपिएलबाट यसअघि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले नाम फिर्ता लिएका थिए । साथै नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर वसन्त रेग्मी पनि यो संस्करणको ईपीएलमा देखिने छैनन् ।
ईपीएल ९ असोजदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।