नेपालगन्ज, भाद्र ७ गते ।
केही दिन अगाडी नेपालगन्ज हेल्थ क्यम्पसमा विद्यार्थी नेताहरुमाथि भएको कुटपिटको बिषयलाई लिएर बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् ।
भाद्र ४ गते नेपालगन्ज हेल्थ क्याम्पसमा लगाईएको ताला खोल्नको लागि क्याम्पस प्रशासनले बिद्यार्थी नेतालाई बोलाएर कुटपिट गरेको घटनाको दोषिलाई कानूनी कारवाहीमा ल्याउन स्थानीय प्रशासनले चासो नदिएको भन्दै बिद्यार्थी संगठनहरुले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
भाद्र ६ गते अनेरास्वावियु बाँकेका अध्यक्ष मोहीत शाह, नेविसंघ बाँके सह–सचिव चक्रबहादुर रावत, नेविसंघ प्रदेश नं. ५ का सदस्य चेतनारायण शर्मा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुरेन्द्रजंग शाह, अखिल छैठौका अध्यक्ष नवराज शर्मा, र नयाँशक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक माया चौधरीद्वारा जारी विज्ञप्तीमा भाद्र ७ गते नेपालगन्ज हेल्थ क्याम्पसमा तालाबन्दी गर्ने र सोहीदिन बेलुका विरोध सभा गर्ने, भाद्र ८ गते सिटिईभिटीबाट संबन्धन प्राप्त सबै क्याम्पसहरु एक दिन बन्द गर्ने घोषणा गरिएको छ ।
यहि भाद्र ४ गते बार्तामा गएका नेवि संघ महेन्द्र बहुमुखि क्याम्पसका कार्यबाहक सभापति चन्द्रप्रकाश देवकोटा र सुरज थापा लगायतका बिद्यार्थी नेताहरु माथि क्याम्पस प्रशासनले कुटपिट गरेको ओरोप लाग्दै आएकोछ । घाइते विद्यार्थी नेता देबकोटाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । भने क्याम्पस सञ्चालक तथा तत्कालिन संविधान सभा सदस्य मैकुलाला बाल्मिकीले विद्यार्थी नेताहरुले आफुमाथि आक्रमण गरेको भन्दै भेरी अञ्चल अस्पतालमा भर्ना भएका थिए भर्ना भएको केही दिनमै थप उपचारको लागि उनलाई लखनउ रिफर गरिएको बताईएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५ ०६:४८