काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको अध्यक्षमा प्रदीपराज वन्त निर्वाचित भएको छ । समूहको १२औँ केन्द्रीय अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भंग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको बताइएको छ । निवर्तमान अध्यक्ष चित्रकारको सभापतित्व तथा काठमाडौं महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासंग मिलेर काम गर्ने पनि आफ्नो मन्तव्यको क्रममा वताएका छन् ।
उक्त कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जनतर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरी खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्ज्वल डंगोल ,पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा त्यसैगरी, सस्कृति सम्पदातर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्वसशस्त्र प्रहरी नायब महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे, कोषाध्यक्ष न्यूभिजन अभियान डटकमका सागर श्रेष्ठ रहेका छन । त्यस्तै केन्द्रीय सदस्यहरूमा अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहा खबरकी शिला तिमिल्सिना, नयाँपेजका प्रवीण कुलुङ राई, नेवा टाइम्सका रमिता छुँजु र प्रदीपकुमार श्रेष्ठ चयन भएका छन । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।