नेपालगन्ज । भाद्र ९ गते ।
बासको युवा लक्षित कार्यक्रम ईन्स्पाईरिङ्ग युथले आफ्नो १००औं श्रृखला पुरा गरेको छ ।
युएनडिपीको सहकार्यमा बास नेपालगन्जले १००औं श्रृखलाको अवसरमा भाद्र ९ गते नेपालगन्जमा युवाहरुको प्रतिभा प्रश्तुती कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तरगत बाँके जिल्लाका युवा कलाकारहरु पूर्ण थापा, श्रृष्टी शाही, करण शाह, महेन्द्र सेडाई लगायतका कलाकारहरुले आफ्नो जिवनको अनुभव र आफ्नो कला प्रश्तुती गरेका थिए । कार्यक्रममा नेपालको चर्चीत डान्स श्रृखला भुगिभुगिमा नृत्य प्रश्तुत गरिसक्नु भएका करण शाह र नृत्यको माध्यमबाट आफ्नो पहिचान स्थापित गरिसक्नु भएकी श्रृष्टी शाहीले कार्यक्रमका बिच नृत्य प्रश्तुत गर्दा कार्यक्रममा सहभागिहरु छमछमी नाचेका थिए । उता चर्चीत गायक पूर्ण थापा र महेन्द्र सेडाईले गितको माध्यमबाट सहभागिहरुमा उत्साह थपेका थिए ।
नेपाली राष्ट्रिय गानबाट उद्घाटन गरिएको १००औं श्रखलामा विभिन्न ब्यक्तिहरुले तयार पारेको मौलिक उत्प्रेरक भनाईहरु र विभिन्न बैज्ञानीकहरुले भनेका प्रेरक १०० भनाईहरुलाई समाबेस गरेर तयार पारिएको फ्ल्याक्स अतिथिहरुले बाचन गरेर सार्वजनिक गरेका थिए । भने कार्यक्रममा जनचेतना मुलक नाटक र सन्देस मुलक गजल र मुक्तक प्रश्तुती गरिएका थिए ।
ईन्स्पाईरिङ्ग युथ कार्यक्रमको शुरुवात र कार्यक्रमको उद्धेश्यमाथि बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले प्रकाश पारेको कार्यक्रममा बासका महासचिब छबिलाल सुनारले स्वागत गरेका थिए । कार्यक्रममा बासका प्रदेश नं. ३ का संयोजक राधिका गिरी, केन्द्रीय सदस्य एबम बास स्वयम् सेवक विभाग प्रमुख शिव कुमार बर्मा र केन्द्रीय सदस्य मनिष कर्माचार्यले कार्यक्रमका बिच शुभकामना मन्तब्य राखेका थिए । ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रममा प्रश्तुत गरिएको नाटकमा बासका कलाकारहरुले अभिनय गरेका थिए । कार्यक्रमका बिच बासको ९८ श्रृखलाको प्रतिभा प्रश्तुती कार्यक्रममा उत्कृष्ट हुन सफल सनम शाही र ९९ औं श्रृखलामा सम्पन्न बादबिबाद प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुन सफल सन्तोस शाही, करिष्मा जोशी र सुमन सिंह ठाकुर लाई प्रमाण पत्र, मेडल र पुरस्कार कार्यक्रमका अतिथिहरुले प्रदान गरेका थिए । उता ईन्स्पाईरिङ्ग युथ कार्यक्रम सञ्चालन भए देखि हाल सम्म नियमित रुपमा सबैभन्दा बढी उपस्थित हुने जनक थापा, बिनोद श्रेष्ठ र महेन्द्र सेडाईलाई प्रंससा पत्र प्रदान गरिएको थियो । भने कार्यक्रममा अतिथिको रुपमा उपस्थित युवा कलाकारहरु पूर्ण थापा, श्रृष्टी शाही, करण शाह, महेन्द्र सेडाईलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । १२५ बढी युवाहरुको सहभागिता रहेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका कार्यवाहक अध्यक्ष रज्जवअली बागवानले गरेका थिए । बासले हरेक शनिवार ईन्स्पाईरिङ्ग युथ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।