काठमाडौं – काठमाडौंमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को बुधबारको खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज् विजयी भएका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको खेल वर्षाका कारण ७ ओभरमा छोट्याइएको थियो । पहिलो खेलमा पोखरा राइनोज्ले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
त्यस्तै दोस्रो खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । कप्तान शरद भेषवाकर ६ रन अविजित रहे । प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२÷१२ रन बनाए । आरिफ शेख सुन्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १-१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११-११ रन बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे । कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी सुन्य रनमा पेभेलियन फर्किए । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३÷३ विकेट लिए । अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १÷१ विकेट लिए । यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । भैरहवा शीर्ष स्थानमा उक्लिएको छ ।
त्यसअघि पहिलो खेलमा वर्षाको कारण खेल रद्द हुँदा भैरहवाले पोखरा राइनोजसँग एक एक अंक बाडेको थियो । त्यस्तै दोस्रो खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेटायो । पोखराको जीतमा रिचार्ड लेभीले अविजित रहदै ३८ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रित गौतमले १२ तथा साहन अराचिगे १ रनमा अविजित रहे । बलिङतर्फ ललितपुरका अज्मातुल्लाह ओमार्जाइले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल बनाएको थियो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाउदा ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए । पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा शून्य रनमा आउट हुँदा राशिद खान शून्य रनमा अविजित रहे ।
ललितपुरलाई सस्तैमा समेट्नक्रमा पोखराका नन्दन यादवले ३ विकेट लिए भने विक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट झारे । वर्षाको कारण आउटफिल्ड भिजेकाले खेल करिब दुई घण्टापछि सुरुवात भएको थियो । जसमा निर्धारित २० ओभरको खेललाई सात ओभरमा घटाइएको थियो । यस जीतसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अङ्क जोडेको छ ।
पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अङ्क पाएको थियो । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौँ किङ्स–११ सँग पराजित भएको थियो ।