काठमाडौं– नेपाली कांग्रेस, केन्द्रीय तरुण दल विभाग, युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समिति सदस्य सुरेन्द्र राईले बराहक्षेत्र नगपालिकावडा नं. २ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । बुधबार आयोजना गरिएको कार्यक्रममा सदस्य राईले केन्द्रलाई आवश्यक पर्ने अत्यावश्यकीय सामग्री प्रदान गरेका हुन् ।
सुनसरी बराहक्षेत्र नगर क्षेत्र नं. १ क्षेत्रीय प्रतिनिधिसमेत रहेका राईले स्वास्थ्य सामग्री (कोभिड–१९), पिपिई १०० सेट, अक्सिजन कन्सन्ट्रेटर १ थान, एन्टिजेन २ सय थान, स्यानिटाइजर २५ लिटर, अक्सिमिटर २ थान, थर्ममिटर ३ थान, थर्मलगन १ थान, मास्क २ सय थान, ५० वटा मास्क के९५, फेससिल्ड १ सय थान सामग्री केन्द्रलाई हस्तान्तरण गरेका छन् । कार्यक्रमको व्यवस्थापन प्राथमिक स्वास्थ्य केन्द्रका निर्देशक डा.अनिल गिरीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य सामग्री पहलकर्ता राईले राजनीति विशुद्ध सामाजिक कार्य भइको भन्दै कोरोनाले उत्पन्न गरेको विषम परिस्थितिमा आफ्नो तर्फबाट सानो सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आउँदा दिनहरूमा थप अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस वडा कमिटी वडा नं. १ बराहक्षेत्रका अध्यक्ष ईश्वर थापा तथा नेकपा एमाले गाउँ कमिटी बराहक्षेत्र १ अध्यक्ष कृष्ण कट्टेलले आफ्नो मन्तव्य व्यक्त गरे । उक्त कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र व्यावस्थापन समितिले स्वास्थ्य सामग्री उपलब्ध गराएबापत राईलाई प्रंमाणपत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रममा यसअघि केन्द्रलाई सहयोग प्रदान गर्ने व्यक्तित्वहरू विमल राई र भवानी गौतमलाई पनि सम्मान गरिएको थियो । अन्तमा सभाध्यक्ष सुब्बाले सबैलाई धन्यवाद दिँदै थप अरु सहयोग उपलब्ध गराउन अनुरोध गर्र्द कार्यक्रम समापन गरे ।