नेपालगन्ज ।
कुरा यहि आईतबारको हो म काम बिशेषले नेपालगन्ज स्थित जिल्ला प्रशासन कार्यालय र नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्र गएको थिए ।
भाद्र १० गते आईतबार रक्षा बन्दन अर्थात जनै पूर्णिमा परेका कारण म घरमा दिदि बहिनीहरुबाट टिका थापेर गएको थिए । रक्षा बन्धनलाई बाँके जिल्लामा निकै उत्साहका साथ मनाउने भएर होला त्यो दिन बजारमा खासै चहल पहल थिएन भने मानिसहरुको आवत जावत पनि पातलो नै देखिन्थ्यो । म जिल्ला प्रशासन कार्यालयमा पहिले गएपछि नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको कार्यालय गएको थिए । म कार्यालयमा पुग्दा निकै आश्चर्यमा परे कारण थियो त्यो दिन ति कार्यालयहरुमा सेवाग्राहीहरु नगन्य सख्यामा मात्रै थिए अझ भन्दा कार्यालय भित्र र बाहिर सुनसान नै देखिन्थ्यो । प्राय सेवाग्राहीहरुको अत्यधिक भिडभाड हुने ति कार्यालयहरुमा सेवाग्राहीहरु नआउदा कार्यालयका कर्मचारीहरु बेफूसदिला जस्तै भएका थिए ।
म काम बिशेषले गएका कारण त्यो दिन त्यो समयमा म एक्लै सेवाग्राही भएका कारण मेरो काम तुरुन्तै भयो । केही समय कार्यालयमा भएको बसाईको क्रममा कार्यालयमा उपस्थित कर्मचारीहरुसँग कुराकानी भएको थियो उनीहरु भन्दै थिए आउने बस्ने काम भईरहेको छ । रक्षा बन्धन को दिन विगतका बर्षहरुमा बिदा दिईदै आएको भएपनि यस बर्ष प्रदेश सरकारले बिदा नदिएपछि कर्मचारीहरुले कार्यालय जानु परेको थियो तर कार्यालयमा उपस्थित कर्मचारीहरुलाई हेर्दा उनीहरुलाई समय बिताउन मुस्किल परेको अनुभुति भयो । मैले यो भनीरहदा बिदा दिनुपर्छ भन्न खोजेको होईन र म हरेक पर्बमा बिदा दिनुपर्छ भन्ने पक्षमा पनि छैन तर सरकारी बिदा भएको वा नभएको बारेमा आम संचारको माध्यमबाट प्रचार प्रसार हुन जरुरी देखिन्छ । बाहिर बुझ्दा रक्षा बन्धनको दिन भएकाले आम नागरिकहरुमा सरकारी बिदा हुन्छ भन्ने मानसिकताका कारण सेवाग्राहीहरु नआएको हो की भन्ने मेरो बुझाई छ । सेवा प्रदायक निकाय तथा सेवाग्राहीहरु सबैलाई अघिल्लो दिन नै जानकारी हुने गरि सुचना सार्वजनिकीकरण गर्न सकेमा यस्ता पर्बहरुमा दिनभरी कार्यालय खोलेर कर्मचारी बेफूसदिला हुने र अत्यावश्यक सेवाका लागि बसेका सेवाग्राहीहरुले अर्को दिन कुर्नुपर्ने स्थिती सृजना नहुने थियो की ? यस तर्फ सम्बन्धीत निकायको ध्यान जाओस् ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५ ०९:५६