काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकास्थित पशुपति विकास क्षेत्र कोषको जग्गामा प्लाष्टिक भरिएको बोतलबाट बगैचा र स्तम्भ निर्माण थालिने गरिएको छ । प्रयोग भइसकेको प्लाष्टिक जथाभावी फाल्दा त्यसले वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले त्यसको व्यवस्थापनका लागि पनि वैकल्पिक प्रयोगको विधि अपनाइएको हो । प्रयोग भइसकेको प्लाष्टिक जलाउादासमेत वायु प्रदूषण हुने तथा जमिनमा फाल्दा माटोको उर्वराशक्ति ह्रास हुने भएकाले यसको वैकल्पिक प्रयोगका बारेमा विभिन्न व्यक्ति तथा संघसंस्थाले उपाय खोजी गर्दै आएका छन् । यसैक्रममा वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट बोतलमा भरिएको प्लाष्टिक खरिद गरेर बगैचा र स्तम्भ निर्माण थालेका हुन् ।
कोषले उपलब्ध गराएको संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगौचा र स्तम्भ निर्माण थालिएको छ । उक्त बगैचा तथा स्तम्भ निर्माणका लागि गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी एवं सदस्यले प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । टोललाई शून्य फोहरमा झार्न ३० घर यो अभियानमा संलग्न भएका महिलाले प्राप्त हुने रकम भने समाजसेवामा प्रयोग गर्ने भएका छन् ।
समितिले नै तीन महिनाअघि आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा पुडासैनीले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिादै प्लाष्टिकका झोला बोतलमा राखेर बगौचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने भनी समुदायलाई प्रेरित गरेका थिए । घरको फोहर बाहिर फाल्नु पाखण्डताको पराकाष्ठा भएकाले महिला समितिलाई आफौ व्यवस्थापन गर्न प्रेरित गरिएको थियो ।
३ फागुन ०७० देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आएका पुडासैनीले वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर समुदायलाई सचेत गराउादै पनि आएका छन् । ‘मुहानदेखि नै वाग्मती सफा गरौा’ भन्ने नाराका साथ गुह्येश्वरीमाथिको वाग्मती सफाइ भइरहेको छ । घरघरबाट निस्कने प्लाष्टिक अन्तिममा वाग्मतीमै गएर फोहर हुने भएकाले टोलमै व्यवस्थापनका लागि यस्तो अभियान चलाइएको अभियानकर्मी पुडासैनीले सुनाए ।
समितिका सदस्यले तीन महिनामा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाादेर बिक्री गरेका थिए । एउटैको करिब साढे आठ रूपैयाामा बिक्री भएको छ । कुहिने फोहरलाई भने घरमै कम्पोष्ट मल बनाउन थालेका छन् । यसरी तयार पारिएको मल कौसी खेतीमा उपयोग हुादै आएको छ । सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई संकलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने छ ।
मञ्चको नेतृत्वमा यस क्षेत्रको सफाइ अभियानको ४०७औा हप्ताको कार्यक्रम शनिबार गोठाटार पुलमा सम्पन्न गरिएको छ । सफाइमा पनि नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो । यस क्षेत्रमा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ । नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिन थालेको छ । त्यस्तै, शनिबार वाग्मती सफाइ महाअभियानको ४३८औा हप्तामा तिलगंगामुनिको निलो पुल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित करिब २०० अभियानकर्मीको सफाइमा सहभागिता थियो ।
सफाइका क्रममा विगत हप्तामाभन्दा नदी किनारबाट अलि बढी फोहर उठेकोे समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् । विगत हप्ताभन्दा बढी फोहर उठेको देखिए पनि उठाउन बााकी फोहर पनि छिटो व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरिएको उनले सुनाए ।