लागु औषध दूब्यसनको प्रयोग पछिल्लो समय बढ्दै गएको छ । लागु औषध खराब हो भन्ने थाहाँ हुदाँ हुदँै पनि लागु औषध प्रयोगकर्ताको रुपमा युवा आकर्षण झन बढ्दै गएको बढिरहेको पाईन्छ । देश निर्माणको जिम्मेवारी काधमा बोकेका युवाहरु लागु पदार्थ दूब्यसनी जस्तो डरलाग्दो क्षेत्रमा फस्दै गर्दा त्यसले सिंगो परिवार, समाज सँगै राष्ट्रलाई समेत नराम्ररी प्रभावीत पार्ने निश्चित छ । लागु औषध र लागु पदार्थ दूब्यसनले समाजमा पारेको प्रभाव, यसका असरहरु र रोकथाम कसरी गर्न सकिन्छ भन्ने बिषयमा लागु औषध दूब्यसनिको क्षेत्रमा लामो समय देखि क्रियाशिल साहारा हाउसका कार्यकारी संचालक अभिराज क्षेत्रीसँग असल शासन पोष्टका सम्पादक नमस्कार शाहले गरेको कुराकानी यहाँ प्रश्तुत
गरिएको छ ः–
लागु औषध दूब्यसनी समाजको प्रमुख समस्याको रुपमा देखिएको छ यसको रोकथामका लागि तपाई सक्रिय भएर लागिरहनु भएको छ, कसरी यो क्षेत्रमा लाग्नु भयो ?
– लागु पदार्थ दूब्यनसँग मेरो यथार्थ र भावनात्मक सम्बन्ध कहिले पनि नचुडिने गरी गासिँएको छ । यो क्षेत्र मेरा लागि एकदमै राम्रो क्षेत्र हो यसो भन्दा म आफै पनि पूर्ब लागु पदार्थ सेवन कर्ता हो । झण्डै १२ बर्ष मैले लागु औषध प्रयोगकर्ताको रुपमा समय बर्बाद गरेको बिगत मसँग छ । लागु पदार्थ दूब्यसनीमा फसेका बखतका ति कष्टकर दिनहरु सम्झिदा निकै ठुलो सपना, कहाली लाग्दो सपना बाट बिउझँेको जस्तो आभास हुन्छ । लागु औषध दूब्यसनिमा फसिसकेको ब्यक्ति बाच्न निकै कठिन हुन्छ, म पनि करीब–करीब मृत्युको संघारबाट बाँचेर फर्केर आएको जस्तो लाग्छ, त्यसैले यो मेरो पुर्न जन्म हो । मेरो जिवनको महत्वपूर्ण समय खेर फालेर आएकोमा अहिले मैले पश्चाताप गर्नु सिबाय मसँग अरु बिकल्प छैन् । त्यसैले म जस्ता सयौं युवाहरु जो लागु औषधमा फसेका छन् उनीहरुलाई पूर्न स्थापना गराउने र युवाहरुमा
जागरण फैलाउने उद्धेश्यले संस्था नै खोलेर यो अभियानमा लागेको छु ।
झण्डै १२ बर्ष लागु पदार्थ दूब्यसनीमा बिताए पश्चात कसरी आफुले आफुलाई सुधार गर्नुभयो ?
– यो एउटा गम्भिर प्रश्न हो । नसा सेवन गर्नकोलागि कुनै महान कारण हुनुपर्छ जस्तो लाग्दैन । हाइस्कुल सकिने बेलामा हामी बनभोज गएका थियौं, जहाँ युवाहरु समुह बनाएर मादक पदार्थ र चुरोट सेवन गरिरहेका मैले देखे मलाई लाग्यो उनीहरुले कति रमाईलो गरिरहेका होलान् । मेरो मनमा पनि त्यसै गरी साथिहरुसँग बसेर रमाईलो गर्नुपर्छ भन्ने भावना आएपछि मैले लागु पदार्थको प्रयोग गर्न शुरु गरेको हुँ । सामान्य रुपमा प्रयोग शुरु गरेको मैले कक्षा १२ पढ्दै गर्दा हो । त्यही समयमा मैले प्रेममा धोका पाए हाम्रो प्रेम अली फरक थियो मैले उसलाई माया गर्थे उसले पनि मलाई माया गर्थिन तर प्रेम प्रश्ताव दुबैतिरबाट भएन त्यही समयमा उनी नेपालगन्ज बाट काठमाण्डौ गएकी रहिछन् । मलाई थाहा थिएन मैले उनलाई निकै खोजे तर उनीसँग भेट नभएपछि म मा असह्य पिडा भयो मैले थाहा पाए की उनी काठमाण्डौ गईसकेकि रहिछन् । मैले काठमाण्डौनै गएर भएपनि उनलाई भेट्ने अठोट गरे तर काठमाण्डौ मेरो लागि नौलो शहर थियो तर पनि म गएपछि भेट होला भन्ने सोचेको थिए हप्ता दिन हुदै महिना बितीसक्दा समेत उनीसँग
मेरो भेट भएन मलाई थप पिडा भयो मैले त्यही समयमा आफुमा भएको पिडा कम गर्ने भन्दै गलत बाटोमा लागेको रहेछु ।
म लागु औषधको प्रयोग गर्न थालेको थिए म लागु औषधमा फस्दै गएपछि लागु औषध पाईने बाटाहरुको बारेमा मलाई थाहा हुदै गयो हामीले रुपैडिहाबाट लागु औषध ल्याउने गर्दथ्यो । शुरुमा मैले
फरेस र नाईट्रोजन प्रयोग गर्न थाले बिस्तारै ब्राउनसुगर लगायत सुईको समेत प्रयोग गर्न थाले । म लागु औषध दूब्यसनि भईसकेको थिए बिस्तारै मलाई लाग्यो की लागु औषध प्रयोग गर्न कुनै ठुलो कारण चाहिदैन रहेछ ।
लागु औषध प्रयोगका लागि कारण नभए पनि कुनै एउटा बाहाना हुनुपर्दो रहेछ हैन् ?
– सहि हो बाहाना हामीले भन्न सक्दछौ तर कारण चाही भन्न सकिदैन ।
तपाईको पारिवारिक पृष्ठभुमि हेर्दा तपाई शिक्षीत परिवार को हुनुहुन्छ । बुवा काम गर्ने आमा पनि काम गर्ने त्यस्तो अवस्थामा तपाई लागु औषध प्रयोगकर्ताको रुपमा फस्नु भयो त्यो अवस्थामा तपाईलाई उचित मार्गदर्शनको अभाव पनि थिएन तपाईलाई आर्थिक अवस्थाको पनि कमी थिएन् सबै हुदाहुदै पनि तपाई लागु औषध दूब्यसनमा लाग्नु भयो ? तपाईलाई दूब्यसनबाट छुट्कारा दिलाउन घर परिवार लगायत आफन्त बाट कस्तो पहलहरु गरियो ?
– म लागु औषध दूब्यसनिमा फसेको मेरो परिवारले धेरै पछि मात्रै थापा पाउनु भएको थियो । परिवारले थाहा पाउदा सम्म म पुरै लागु औषधमा निर्भर भईसकेको थिए । मेरो बुवा आमालाई अब छोरा बाच्दैन भन्ने चिन्ता थियो । मेरो परिवारले मलाई बचाउन जे पनि गर्न तयार हुनुहुन्थ्यो तर त्यतिखेर समाजमा उपचार गर्दाको अवस्था निकै कष्टपूर्ण हुन्छ भन्ने भ्रम थियो मेरो लागु औषधको निर्भरता हेर्दा मलाई पूर्नस्थापना केन्द्रमा राख्नुको बिकल्प थिएन जुन मेरो परिवारले ग¥यो र मैले पनि सुध्रिनुपर्छ भन्ने अठोट लिए र पूर्नस्थापना केन्द्रबाट उपचार गरे ।
पूर्नस्थापना केन्द्रमा बसेर सुध्रिनुपर्छ भन्ने कुरा तपाईलाई कसरी थाहा भयो ?
– म लागु औषधमा लागेको बेला पनि गलत बाटोमा लागे भन्ने कुरा थाहा थियो । लागु औषध प्रयोग गर्ने व्यक्तिलाई घरबाट निकालीन्छ भन्ने कुरा पनि मलाई थाहा थियो । त्यसैले म प्रयोग कर्ता भएपनि मलाई यो छाड्नुपर्छ भन्ने मनमा लागि रहन्थ्यो त्यही अनुसार म स्वयम् पनि पूर्नस्थापना केन्द्रमा जान राजि भए ।
तपाईको झण्डै १२ बर्ष लागु औषध दूब्यसनीको रुपमा समय ब्यतित भयो त्यस्तो कुनै घट्ना छ जसले तपाईलाई सुध्रीनुपर्छ भन्ने चेतना जगायो ?
– लागु औषधको प्रयोगले मानिसलाई असामाजिकता बनाईदिन्छ । यसले सामाजिक मुल्यमान्यताहरु, सस्कृतीहरुलाई समेत चुनौती दिएको हुन्छ । लागु औषधको सेवनले आफ्नो परिवार, आफन्त देखि सिंगो समाजसँग बिद्रोहि बनाई दिएको हुन्छ । सबैले घृणा गर्ने बेला मलाई झसंग हुन्थ्यो म गलत छु मैले सुध्रिनु पर्छ भनेर । समाजको हेर्ने दृष्टीकोण र आफुले पाएको पिडाले नै मलाई सुध्रिनु पर्छ भन्ने चेतना जगाएको थियो ।
तपाईलाई लागु औषध दूब्यसनको अनुभव, अध्ययन र यो क्षेत्रमा काम समेत गरिरहनु भएको छ लागु औषध प्रयोग कर्ताको समय कति हुन्छ ?
– मेरो अनुभवमा लागु औषमा फसेको ब्यक्ति १० देखि २० बर्ष जति बाच्न सक्छ । लागु औषधमा फसेको ब्यक्ति ५ बर्षमा पूर्ण रुपमा लागु पदार्थ दूब्यसनी हो भन्ने संकेत स्पष्ट देखिन्छन् । त्यसपछि बिस्तारै उसको शरिर कमजोर हुदै जान्छ । उ केही पनी गर्न नसक्ने अवस्थामा पुग्छ र उपचार भएन भने उसको त्यही लागु पदार्थको कारण मृत्यु हुन्छ ।
लागु औषध प्रयोग कर्तालाई समाजको कत्तिको डर हुन्छ उसले लागु औषध प्रयोग गर्दा लुकिछिपी गर्न रुचाउछ की खुल्लम खुल्ला ?
– लागुधौषध प्रयोगकर्ता भनेको लुकेको जनसंख्या हो । नेपाल सरकार र गृह मन्त्रालय र केन्द्रिय तथ्यांक बिभागले २०६९ सालमा संयुक्त रुपमा गरेको सर्वेक्षणमा बाँके जिल्ला मा कडा खालको लागु औषध प्रयोग कर्ता झण्डै ४१ सयको सख्यामा देखाएकोछ । त्यो सम्र्पक मा आईसकेको मान्छेहरुको जनसंख्या
हो । त्यो चिनीएको मान्छेहरु हो यस्ता धेरै मान्छेहरु छन् जुन लुकि–लुकि प्रयोग गरिरहेको हुन्छन् । हामीले लागु औषध प्रयोग गर्नेको संख्या दोब्बर हुने अनुमान गर्न सक्छौं ।
बाँकेमा लागु औषध प्रयोगकर्ताहरुको संख्या कति होला ?
– मेरो अध्ययन अनुसार अहिले १० हजारको हाराहारीमा बाँकेमा लागु औषध प्रयोग कर्ताको संख्या छ । कडा खालको लागु औषध प्रयोग कर्ताको संख्या मात्रै हो यो गाजाजन्य र मनोबिद औषधीहरुलाई समाबेस गरिएको छैन् ।
तपाईको बिगतको १२ बर्षलाई संक्षेपमा भन्दा कसरी भन्नु हुन्छ ?
– यसलाई दुई किसीमले हेर्न सकिन्छ । एउटा नकारात्मक रुपमा जसलाई हेर्दा मैले धेरै कुुराहरु गुमाएको
छु । युवा उमेरमा धेरै अवसरहरु गुमाए, सम्भावनाहरु गुमाए ति सम्भावना र अवसरहरुलाई मैले प्रयोग गर्न सकेको भए म अहिले एक प्रतिष्ठीत स्थानमा हुन्थेहोला । अर्को पक्ष लागु औषध प्रयोग गरेर मैले एउटा सिप पाएको छु एउटा शिक्षा पाएको छु आज म त्यहि शिक्षाको कारणले यो जिवन बाची रहेको छु ।
यदि तपाई लागु औषधमा नफसेको भए अहिले दिदै आउनुभएको सामाजिक सेवा
दिनहुन्थ्यो ?
– म दिन सक्दैनथे होला, म दुई ओटा अवस्थाको लागि तयार हुन्छु शुरुदेखिको र पछिदेखिको दुबैमा एउटा व्यक्ति लागि रहनु पर्छ भन्ने हुन्छ र म शिक्षा र व्यवसायको क्षेत्रमा पछाडि भएर के भयो र म सामाजिक क्षेत्रमा अहिले क्रियाशिल भएर लागिरहेको छु । यसले मलाई अलग्गै सन्तुष्टि दिएको छ ।
एक जना लागु औषध प्रयोगकर्ता पूर्नस्थापित भएर आए पछि पनि उचित बातावरण पाएन भने पुनः फर्किने सम्भावना हुन्छ भनिन्छ, तपाईले त्यही क्षेत्रमा जुन काम गरिरहनुभएको छ यो कसरी सम्भब भयो ?
– मैले पूर्नस्थापनाको लागि धेरै पहिले देखि कोसिष गरिरहेको थिए मेरो धेरै कुराहरु बिग्री सकेको थियो भित्र बाट नै एक किसिमको अनुभुति हुन्थ्योे अब भयो यो भन्दा गल्ति हुनुहुदैन यो भन्दा पतनको जिन्दगी के बाच्ने, लास जस्तो भएर के बाच्ने, निर्जिब जिवन के बाच्ने लगाएतको कुराले त्यो अन्तर मनलाई
पिरोलीरहेको थियो । मैले सुधारको लागि कोसीस पनि नगरेको हैन कोसीस पनि गरे तर समस्या के थियो भने म मा धैर्यताको अभाव थियो । त्यसैले म के भन्छु भने जो प्रयोग कर्ता र जो उपचारमा हुनुहुन्छ उहाहरुले धैर्यता राख्न सक्नुभयो भने मात्रै अगाडिको लागि मार्ग प्रसस्त हुन्छ । म सुधार भईसकेपछि म मा रहेको धैर्यता, परिवार र समाजबाट पाएको सहयोगका कारण म आज यो अवस्थामा छु ।
तपाई कती समय पूर्नस्थापना केन्द्रमा बस्नु भएको थियो ?
– म झण्डै २ बर्ष पूर्नस्थापना केन्द्रमा बसे, यसमा सत्य कुरा के रहेको छ भने बिश्व संगठनले पनि ६ महिना देखि २४ महिनाको अवधि भनेको सक्रमण काल हो भनेर भनेको छ । यो समय अवधिमा सानो पनि
लापरवाहि भयो भने पुनः प्रयोगकर्ता फर्किनसक्ने देखाएको छ । त्यस कारणले कोहि पनि व्यक्ति यो समस्यामा फसेको छ भने कृपया तपाईहरुले उसलाई सुधार गर्न सहयोग गरिदिनुहोला ।
साहारा हाउस नामक संस्था मार्फत अहिले तपाई लागु औषध दूब्यसनी बिरुद्ध काम गरिरहनु भएको छ के–के काम गर्दै आउनुभएको छ ?
– अहिले लागु औषधमा युवाहरु दिनानुदिन फस्दै गएको अवस्था छ उनीहरुको जिवन अप्ठेरोमा छ, उनीहरुको संरक्षणका लागि उपलब्ध सेवाहरु प्रयाप्त छैनन्, लागु औषध बिरुद्ध सबैले लाग्न जरुरी
देखिन्छ । हाम्रो समाजमा अहिले पनि लागु औषध प्रयोगकर्ता प्रतिको सोच र ब्यवहार निकै नकारात्मक छ त्यसमा सबैले परिवर्तन ल्याउन जरुरी देखिन्छ । लागु पदार्थ दूब्यसनीहरु प्रति समाजले हेर्ने दृष्टीकोणलाई
सकारात्मक बनाउदै उनीहरुलाई सहि बाटोमा ल्याउने उद्धेश्यले साहारा हाउसको स्थापना गरिएको हो । शुरुवातमा म स्वयम् संस्थागत अध्यक्ष भएर ९ सदस्सीय कार्यसमिति गठन गरि संस्थाको स्थापना गरिएको थियो । शुरुवातका दिनहरुमा जनचेतना मुलक कार्यक्रमहरु गरि संस्थालाई अगाडी बढायौं त्यसपछि
बिस्तारै लागु औषध दूब्यसनी बिरुद्ध सरोकारवालाहरुसँग मिलेर यो कामलाई अगाडी बढायौं । जनचेतना मुलक कार्यक्रमबाट अभियानको शुरुवात गरेको साहारा हाउसले अहिले गएर बिभिन्न बिद्यालय, समुदायस्तर संघ संस्था तथा निकाय लगायत सँग–सँगै सहकार्य गरेर काम गरिरहेका छौं ।
यो बिषयलाई अझ सशक्त रुपमा अगाडी बढाउन राज्य पक्षले के गर्नुपर्ला जस्तो लाग्छ ?
– यो सबैको समस्याको बिषय हो यो सबैको चासोको बिषय हो भन्नेकुरा बुझ्यौ भने मात्र यसको समस्या सामाधान हुन्छ । यो बिषयमा राज्यसँगै सम्बन्धित सबैले जवाफदेहि बन्न जरुरी देखिन्छ । नेपालको सन्दर्भ हेर्ने हो भने २ लाख भन्दा बढि कडा खालको लागु औषध प्रयोग कर्ताहरु छन् यो ठुलो संख्या हो यस बाट युवा, महिला र बालबाालिका धेरै प्रभावित छन । त्यसैले यो मुद्धालाई राष्ट्रिय मुद्धा बनाएर यस सम्बन्धी ठोस निती÷रणनीति कार्यक्रमहरु तर्जुमा हुनुपर्छ भन्ने मलाई लाग्दछ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५ १०:०९