काठमाडौं– अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षणलाई निरन्तरता दिने भएका छन् । साफ च्याम्पियनसीपमा नेपाललाई ऐतिहासिक फाइनलमा पु¥याएका मुख्य प्रशिक्षक अलमुताइरीमाल्दिभ्समा सम्पन्न साफपछि सिधै कतार गए पनि आगामी दिनमा नेपालमा नै प्रशिक्षण दिने बताएका हुन् ।
साफ च्याम्पियनसिपको फाइनल खेल अघि अलमुताइरीले त्यही खेल नै नेपाली टिमसँग आङ्खनो अन्तिम खेल हुनेसमेत घोषणा गरेका थिए । प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको ङ्खयुचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली फुटबललाई प्रतिनिधित्व गर्ने अनुमान पुष्ट्याएका छन् । उक्त भिडियो कन्फरेन्समा पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार नै अलमुताइरीसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै भविष्यमा नेपाली फुटबललाई थप मजबुद गराउने जनाए पछि अलमुताइरीको नेपालको थप बसाइ पक्का भएको अनुमान गर्न सकिन्छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि अलमुताइरीको सम्झौता अझै बाँकी रहेको बताए । एन्फाले गत चैत अर्थात अप्रिल २०२१ मा एक वर्षका लागि अलमुताइरीसंग सम्झौता गरेको थियो । त्यस अनुसार उनीसँगको सम्झौता २०२२ मार्च सम्म रहन्छ । उनले वान टिम, वान गोल, जय नेपाल भन्ने नारा नै बनाएर टिमलाई एकबद्ध बनाएका छन् ।