काठमाडौं – सर्बियाको राजधानी वेलग्रेडमा हुने २१ औं आईबा मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिप–२०२१ मा सहभागी हुन जाने खेलाडीहरूलाई बिदाई गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सर्बिया जाने ४ जना खेलाडी एवं प्रशिक्षकहरूलाई बिदाई गरे ।
मन्त्री गहतराजले सम्पूर्ण खेलाडी तथा अफिसीयल्सहरूलाई अग्रीम बधाई तथा शु्भकामना व्यक्त गर्दै विश्व च्याम्पियनसिप जस्तो बक्सिङ्गको महाकुम्भ प्रतियोगिता नेपाली खेलाडीहरूको उच्च प्रदर्शनका साथै पदकका लागि शुभकामना समेत दिएका थिए । प्रतियोगितामा विश्वभरका १ सय ५ राष्ट्रको १३ वटा तोल समुहमा ६ सय ५० जना खेलाडीहरूको सहभागीता रहेको यस बृहत बक्सिङ्ग प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजत पदकको लागी पचास हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाको लागी २५÷२५ हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको छ ।
नेपाल वक्सिङ्ग संघले गठन गरिएको छनोट समितीको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के.जी. तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी प्रशिक्षकको जिम्मेवारी प्रमुख प्रशिक्षक प्रकास थापामगर प्रशिक्षक किशोर लिम्बु र अफिसीयल्समा नेपाल बक्सिङ्ग संघ सदस्य मान बहादुर भण्डारी र प्रनिर अधिकारीलाई जिम्मेवारी दिइएको छ । बक्सिङ्ग टोली शनिबार राती नै सर्बियातर्फबाट प्रस्थान गरेको छ ।
अन्तराष्ट्रिय बक्सिङ्ग संघको ७५ वर्षको मनाउने क्रममा आईबाको निमन्त्रणमा नेपाल बक्सिङ्ग संघको अध्यक्ष राम अवाले समेतको सहभागीता रहनेछ । उक्त अवसरमा सहभागी खेलाडी एवं प्रशिक्षकहरूलाई नेपाल लोकतान्त्रीक खेलकुद संघबाट १ जोर ट्र्याकसुट, नेपाल बक्सिङ्ग संघ उपाध्यक्ष भोजराज सिटौलाले१ जोर ट्रकसुट, ८औ साग स्वर्ण पदक बिजेता रामचन्द्र थापामगरबाट भेष्ट र होसन्ना चिन्नी भट्टा उद्योगबाट खेलाडीहरूको रिङ्ग ड्रेस २÷२ सेट प्रायोजन गरेका थिए ।