काठमाडौं– गण्डकी म्युजिक अवार्ड–०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गरेका चार दर्जन स्रष्टाहरूलाई सम्मान गरिएको छ । लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई ‘लोक स्वर सम्राट’को उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको छ ।
पोखरामा शुक्रबार साँझ भएको अवार्ड वितरण कार्यक्रममा गीत, सँगीत एवं साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मान गरियो । त्यस्तै, उत्कृष्ट पप गीतमा चेतन राई, पप सँगीतमा सुदीप फेल्डर, पप म्युजिकमा अमित गुरुङ, पप एरेन्जतर्फ दीपक लामा, उत्कृष्ट चार्ड पर्व गीतमा किरण शर्मा, उत्कृष्ट राष्ट्रिय गीतमा गोविन्द चापागाईं, मातृभाषामा राजबहादुर गुरुङ, मौलिक लोकगीतमा रामचन्द्र ढकालले अवार्ड जितेका छन् ।
त्यसैगरी, उत्कृष्ट भजनमा सन्तोष अधिकारी, गाउँ चिनारी गीतमा सरिता अधिकारी, सुगम गीतमा टेकनारायण चापागाईं, आधुनिक गीतमा विनोद बानियाँ, आधुनिक गीत रचनामा शान्ति सुनार, आधुनिक गीत म्युजिकमा जयकुमार परियार, आधुनिक गीत एरेन्जमा विवी अनुरागी, लोकगीतमा जीवन दाहाल, दोहोरी गायक पुरुषतर्फ कमल सुशान्त केसी, सोही इभेन्टमा महिलातर्फ भने दिलु फगामी मगर, लोकदोहोरी रचनामा सुरज रेग्मी, लय लोकगीतमा नारायण भट्टराई, नवलोक गायक सुमित्रा गिरी, एरेन्जतर्फ सुनिल परियार, म्युजिक भिडियोमा कृष्ण गुरुङ सम्मानित भएका थिए ।
नवअभिनय पुरुषतर्फ राधाकृष्ण बस्यौला, उक्त इभेन्टको महिलातर्फ सरिता दानाकोटी, म्युजिक भिडियो निर्देशन शिवराज भुर्तेल, दृश्य सम्पादनमा राजकुमार मगर, म्युजिक भिडियो छायांकन गणेश सापकोटा, अभिनयतर्फ अविरल अधिकारी, हाँस्य अभिनयमा राजेन्द्र नेपाली/युवराज भण्डारी, लोकदोहोरी गीतमा तारापति सुवेदी, दर्शक छनोटबाट दीपक थापा मगर, जुरी अवार्डबाट निर्मल खत्री, किसन नेपाली र सुवास अम्गाईं सम्मानित भएका छन् ।