सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा बम विष्फोट भएको छ । प्रहरीका अनुसार विष्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विष्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार विष्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका छन् । डिएसपी घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।
‘समुदायिक वन खुलेको रै’छ, शनिबार बिहान १० बजेर ४५ मिनेटमा एक्कासि बेवारिसे बम विष्फोट भएछ । बम कस्ले राख्यो, कसरी विष्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी घर्तीले भने ।
उनका अनुसार घाइतेहरूको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।