
भक्तपुर– राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानीप्रसाद खरेलले अधिकार माग्ने नभई छिन्ने बताएका छन् । कसैको मानव अधिकार हनन् भए पाएन भनेर माग्ने नभई छिन्ने उनले बताए । प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको शनिबार भक्तपुरमा भएको छैटौँ साधारण सभाको उद्घाटन गर्दै उनले त्यो क्रममा भौतिक आक्रमण भने गर्न नहुने बताए । नियमसँगत रूपमा आन्दोलन गरी अधिकार लिनुपर्ने उनले बताए ।
उनले पछिल्लो समय आफूहरूलाई पनि दुई करोड रुपैयाँंको प्रस्ताव आएको तर भारतीय राजदूतावासलाई प्रस्ताव लिन नसक्ने व्यहोरासहितको सरी लेटर लेखेर पठाइदिएको दाबी गरे । आफ्नो सँगठन सदस्यहरूको सदस्यता शुल्क अनि मनकारी नेपालीहरूको सहयोगबाट चलेको उनको दाबी छ । नेपालमा एक सय ५० वटाको हाराहारीमा मानव अधिकार सँगठनहरू रहेको तर ती मानब अधिकार सँगठनहरूमध्ये आफूहरूले विदेशी पैसा नलिएको दाबी उनले गरे ।
उनले स्वदेशी सहयोग भने लिएको खुलाए । स्थानीय स्तरमा जिल्ला सँगठनहरूले नगरपालिका, जिल्ला समन्वय समिति, गाउँपालिका आदिसँंग सहयोग लिएर कार्यक्रम गर्न छुट दिएको उनले बताए । स्थानीयस्तरमा जिल्ला प्रतिष्ठानहरूको काम प्रभावकारी देखेर स्थानीय सरकारका रूपमा रहेका नगरपालिकाहरूले वजेट दिएर काम गर्न दिए गर्न सकिने उनले जनाए । उनले प्रतिष्ठानमा कर्मचारीबाहेक कसैले पनि एक पैसा कहीँकतैबाट नपाउने बताए । अहिले हामी भक्तपुरको सुदुरपूर्व यस ठाउँंमा जिल्ला अधिवेशनमा पुगेका छौँ, यहाँंसम्म पुगेबापतको ट्याक्सी खर्च यताउता भनेर हामी संस्थासँंग एक पैसा पनि लिँदैनौँ, आफनै व्यक्तिगत खर्चबाट आउँंछौँ, उनले भने ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव हरिचन्द्र भटराई, नेपाल मानव अधिकार सँगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर, जिल्ला अध्यक्ष डा राजेन्द्र कोजू, सचिव संजीव खनाल, कोषाध्यक्ष कोषाध्यक्ष प्रभा थापाले पनि मानव अधिकारका विविध पक्षमा आआफनो धारणा राखेका थिए ।