काठमाण्डौं । भाद्र २० गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामु प्रमुख नवीन कुमार घिमिरेलाई प्रमुखमा सिफरिस गरेको छ ।
संवैधानिक परिषदको बुधबार बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको बताईएकोछ ।
संवैधानिक परिषदको सिफारिसँगै उनको नाम संसदीय सुनुवाईमा पठाइने भएकोछ । संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा उनको नियुक्ती हुनेछ ।
तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्नेतको बहिर्गमनपछि उनी कामुको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५ ११:०९