काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजना र गण्डकी प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेश, पोखराको सहआयोजनामा प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला गरिएको छ । उक्त कार्यशालाको प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्मचारीले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यचन्द्र बिखर्ची, नेपाल प्रज्ञा–प्रतिष्ठान शिल्पकला विभागका प्रमुख बुद्धि गुरुङ, गण्डकी प्रदेशका उपकुलपति गोरे बहादुर गुरुङ, गण्डकी प्रदेशका सदस्य–सचिव मनकुमार श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, अग्रज कलाकारहरू यादवचन्द्र भुर्तेल तथा छेत्रलाल कायस्थ, आई.डब्लु एसइन्टरनेशनल वाटर कलर सोसाइटीका अध्यक्ष एन.वी. गुरुङलगायत सहभागी भएका थिए ।
त्यस्तै, सिर्जनशील कलाकार समूह कास्कीका उपाध्यक्ष दलबहादुर गुरुङ, पोखरेली युवा सांस्कृतिक परिवार कास्कीका अध्यक्ष मोती भुजेल, वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, हरेराम जोशी, लोकप्रसाद गुरुङ, लेखक तथा कलाकार देवेन्द्र थुमकेली, बाल साहित्यकार राजेन्द्रभक्त जोशीलगायत कलाकारहरूको पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा प्राज्ञ बुद्धि गुरुङले स्वागत मन्तव्य राख्दै कलाका विभिन्न रूपहरू हुने भन्दै पोखरा जलरंगको क्षेत्रमा पहिलेदेखि नै धेरै कलाकारहरू जन्माउने थलो भएको चर्चा गरे । उनले पोखरामा प्राकृतिक रंगको प्रयोग गर्ने गरिएकाले विशेष महत्व राख्ने धारणा राखे ।
गण्डकी प्रदेशका कुलपति सूर्यचन्द्र विखर्चीले नेपाल प्रज्ञा–प्रतिष्ठान कलाको विकास, प्रवद्र्धन र प्रचारप्रसारका निमित्त हर–तरहले सहयोग गर्न तयार रहेको कुरा व्यक्त गरे ।
गण्डगी प्रदेशका सदस्य–सचिव मनकुमार श्रेष्ठले हजारौँ शब्दहरूले बोल्न नसकेको कुरा एउटै चित्रले बोल्ने भन्दै यसले समाज परिवर्तन गर्ने बताएका छन् । कार्यशालामा ४० कलाकार सहभागी थिए । कार्यशालाको अवसरमा दलबहादुर गुरुङ, ज्योति गुरुङ, हेमकान्ति गुरुङ, महेन्द्रप्रसाद गुरुङ, हरेराम ज्योजु, आलोक गुरुङ, यादवचन्द्र भुर्तेल, ढाका पराजुली, रिक गुरुङ, रमेश श्रेष्ठ, निसान थापा, लक्ष्मी पुन, आकाश गुरुङ, एसकुमार, गोपाल दराई, शारदा नेपाली, कमल गुरुङ, अमृत कार्की, झविन्द्र गुरुङ, बाबुराम बस्ताकोटी, युवराज लामिछाने, शिव सिर्पाली, माधव शाही, सुरेन्द्र अधिकारी, देवेन्द्र थुम्केली, एन.वी. गुरुङ, बुद्धि गुरुङलगायतकलाकारलाई पेपर क्यानभास, रंगलगायतका सामग्री वितरण गरिएको थियो ।