नेपालगञ्ज/भ्रष्टाचार बिरुद्ध क्रियाशिल सँस्था बासको १५ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण नेपालगञ्जमा भाद्र ३० गते सम्पन्न भएकोछ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी श्रीबास्तवले बाँके जिल्लाका सबै गैससहरु मध्ये बासले उत्कृष्ठ तवरले काम गरिरहेको बताए । सुशासन लगाएतका बिषयमा बासले गरेका कार्यहरु प्रशंसनिय छन्—श्रीबास्तवले भने—यसलाई निरन्तरता दिन जरुरी छ ।
कार्यक्रममा बोल्दै बासका सल्लाहकार प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले साने उद्धेश्य लिएर स्थापना भएको बास अहिले देशव्यापी भएको बताए । हुने बिरुवाको चिप्लो पात भनेझैं शुरुवाती देखिनैं असल कार्य गरेकाले बास स्थापित भएको उनको भनाई रहेको थियो । गैर सरकारी सँस्था महासँघ बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले संस्थागत बिकास, स्वयंसेवक परिचालन र संस्था व्यवस्थापन लगाएतका कुराहरु बासबाट सबैले सिक्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था नेटवर्क बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले बास बाँकेका सबै संस्थाहरु भन्दा सक्रिय रहेको बताए । कार्यक्रममा साहरा हाउसका प्रमुख अभिराज क्षेत्री, जलबायु संरक्षण केन्द्रका अध्यक्ष हेमन्तराज काफ्ले, परिवर्तन समूहकी कार्यक्रम संयोजक ईन्दु रावल, सिप नेपालका सचिव शंकर शर्मा लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले बार्षिक प्रतिबेदन, महासचिव छबिलाल सुनारले साँगठनिक प्रतिबेदन, केन्द्रीय सदस्य ध्र्रुवजँग शाहले बार्षिक आर्थिक प्रतिवेदन प्रश्तुत गरेका थिए ।
बासका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायक महेन्द्र सेढाईले गित प्रश्तुत गरेका थिए ।
आजै सम्पन्न बन्द शत्रमा प्रश्तुत गरिएका बिभिन्न प्रतिबेदनहरुमा छलफल गरि अनुमोदन गर्नुका साथै नयाँ आ.ब.का लागि बार्षिक कार्ययोजना तथा बजेट अनुमोदन गरिएको थियो ।