ढाका – नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप टी–२० सिरिज जितेको छ । बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालको महिला क्रिकेट टिमले सिरिज २–१ ले जितेको हो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बंगलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो ।
बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल समेत खेल्यो । पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले गुमाएको थियो । अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पा¥यो । घरेलु टोलीले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । काजल श्रेष्ठ १०, सिता राना ५, इन्दु वर्मा ६ रनमा आउट भए । सरिता मगर र कबिता जोशीले अविजित रहँदै क्रमशः १३ र १४ रन जोडे ।
बंगलादेशी टिमकी काब्या खातुनले २ तथा रब्याले १ विकेट लिइन् । सुरुवाती ब्याटिङ्ग गरेको बीकेएसपीले १६ दशमलवल ५ ओभरमा अलआउट हुँदै ५३ रन जोड्यो । बोन्याले अविजित १७ रन बनाउनु बाहेक कुनै खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन । बोन्या बाहेक कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ विकेट लिईन् । कबिता कुँवर र सिता रानाले १ विकेट लिए । तेस्रो खेलकी म्यान अफ दी म्याच बनेको नेपाकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी सिरिज समेत घोषित भईन् ।