
काठमाडौं– विश्वमै सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा कात्तिक २६ गते रक्तदान कार्यक्रम हुने भएको छ । दुर्गम क्षेत्रका मानिसहरूलाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको लायन्स क्लव अफ काठमाडांै ब्लड सर्कलले जानकारी दिएको हो ।
क्याम्प सञ्चालन गर्नुको उद्देश्य दुर्गम क्षेत्रको मानिसहरूलाई पनि रक्तदान सम्बन्धि चेतना जगाउन् र रक्तदान गर्न प्रेरित गर्नु रहेको क्लबले जनाएको छ । विश्वमै आज सम्मको सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा हुन लागेको रक्तदान कार्यक्रम अन्तर्गत क्लबका सदस्यहरू साथै स्थानीयहरूसमेत गरी करीब १ सय पिन्ट रक्तसंकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चार्टर अध्यक्ष अनिलरत्न तुलाधारले लकडाउनमा नेपालमा रगतको कमी हुने भएको महसुस गरेर सानो ब्लड डोनेसन टिम बनाएको बताए ।
सुरुमा काठमाडौं, किर्तीपुर र ललितपुरबाट लकडाउनमा ब्लड संकलन गरेर नेपालीहरूलाई सहयोग गरेको भन्दै दोस्रो लकडाउनको समयमा पनि ३५ सय पिन्ट रगत संकलन गरेर विभिन्न संस्थाहरूलाई दिएको जानकारी दिए । उनले यति धेरै उचाईँमा, ३२ सय मिटर भन्दा बढीको रिमोट एरियामा गएर कसैले पनि रक्तदान नगरेको जिकिर गरे । उनले बिहीबार काठमाडौंबाट ६० जना रक्तदातासहितको टोली सोलु प्रस्थान गर्ने जानकारी दिए । उनले सल्लेरीमा पुगेर मोटिभेशन कक्षा पनि संञ्चालन गरिने बताए । सल्लेरीको प्रशासनसँगको सहकार्यमा आफूहरू अघि बढ्ने बताए । अब नयाँ र राम्रो काम देखाउनलाई सोलुखुम्बु जिल्लामा जान लागेको बताए । उनले सोलुमा १ सय पिन्ट रगत संकलन गरेर काठमाडौं ल्याउने बताए ।
संकलित रगत तारा एयरबाट काठमाडौंमा आईपुग्ने र कान्तिप्र अस्पतालको ल्याबमा बुझाएपछि मात्र आफ्नो जिम्मेवारी पुरा हुने बताए । उनले राम्रो काम गरेकै कारण आफु र ९ जना सदस्यहरूलाई विभिन्न अवार्डबाट समेत सम्मानित गरिएको बताए ।