जनक थापा
नेपालगञ्ज/मनोक्रान्ति अभियानसँग आबद्ध योग प्रशिक्षक अञ्जु न्यौपानेले मानविय सेवा गर्न सबै अग्रसर रहनुपर्ने बताएकी छिन् ।
बास, मनोक्रान्ति अभियानको सहयोगमा नेपालगञ्जका युवाहरुद्धारा आयोजित अनुभव आदान, प्रदान कार्यक्रममा उनले सो कुरा बताएकि हुन् ।
उनले आफ्नो संघर्षको अनुभव सुनाउँदै बाह्र बर्षको कलिलो उमेरमा घरबाट भागेर सँघर्ष शुरुवात गर्दै मनोक्रान्ति अभियानसँग आबद्ध भई योग, ध्यान लगाएतका कार्यहरुमा संलग्न भएको बताईन् ।
खेल्ने उमेरमा योग, ध्यान लगाएतका कुराहरु सिकेर सिकेको कुरा व्यवहारमा उतारेको बताईन् । निल सागर बृद्धाश्रम कोहलपुरको अध्यक्ष रहेकी न्यौपाने हाल स्टाफ नर्सको रुपमा कोहलपुर मेडिकल कलेजको रुपमा कार्यरत छन् ।
४० जना युवाहरुको सहभागितामा सम्पन्न कार्यक्रम जनक थापाले सञ्चालन गरेका थिए भने युवा प्रकाश कुवँरले बोलेका थिए ।