
काठमाडौं– भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरू अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन् । थापा, रावत, र धिताललाई विभिन्न उपाधी सहित पुरस्कृत गरिएको हो ।
सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन् । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
सन् २०२० डिसेम्बर २८ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरू किरण रावत, अनिल थापा, सुवास खतिवडा, होम नाथ रेग्मी र सिमोन धिताल गरी ५ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।