नेपालगञ्ज/कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको बिरोधमा नेपालगञ्जमा भाद्र ३१ गते सिट्टि फुकेर बिरोध प्रर्दशन गरिएकोछ ।
निर्मलाका निम्ति न्याय अभियानको आह्वानमा उक्त प्रदर्शन भएको हो । प्लेकार्ड सहित उपस्थित भएका बाँके स्थित नागरिक समाजका अगुवाहरुले सिट्टि फुकेर बिरोध प्रदर्शन गरेका छन् ।
न्यायको खडेरी परेको भन्दै प्रतिकात्मक रुपमा सिट्टि फुकेर बिरोध प्रर्दशन गरिएको आयोजकहरुले जनाएका छन् । बिरोध कार्यक्रमलाई बिरोध प्रर्दशनको संयोजन गरेका गैसस महासँघ बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह र नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैसस महासँघ बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले अपराधीहरुलाई सरकारले कानुनी कठघरामा उभ्याउन नसकेको बताए । उनले चेलीहरु अशुरक्षित भएको बताए ।
नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले सरकार गैर जिम्मेवार रहेको बताए । उनले सरकार सम्बेदनशिल नबने आन्दोलन चर्काएर लैजाने उद्घोष गरे ।
१०० बढि नागरिकहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमका सहभागिहरुले निर्मला पन्त लगाएतका यौन हिंसामा परेका घटनाहरुमा यथासिघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएकाछन् ।
सोमबार र मंगलबार सामाजिक सञ्जाल मार्फत घटनाको बिरोध गर्ने आयोजकहरुले जनाएका छन् ।