काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो ।
जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।
कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८÷८ रन जोडिन ।विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।