नेपालगन्ज, असोज १ ।
कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको न्यायका लागि नेपालगन्जमा सञ्चालीत निर्मलाका निम्ती न्याय अभियान अन्तरगत अवको २ दिन सामाजिक सञ्जाल मार्फत बिरोध गर्ने निर्णय गरिएको छ ।
अभियानको पहिलोदिन भाद्र ३० गते नेपालगन्जको बिपि चौकमा १० मिनेट आखामा कालो पट्टी बाधेर बिरोध गरिएको थियो भने दोश्रो दिन भाद्र ३१ गते जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा ५ मिनेछ सिठी फुकेर बिरोध प्रर्दशन गरिएको थियो ।
सयौको सख्यामा सो अभियानमा स्वस्फूर्त सहभागि भएका यहाँ स्थित अधिकार कर्मीहरुले सो घट्नाका दोषिहरुलाई कार्वाही नगरेसम्म बिरोध गरिरहने बताए । अधिकारकर्मी, सामाजिक अभियन्ता, कानुन ब्यवसायी, राजनीतिककर्मी, ब्यवसायी लगायत सयौको सख्यामा उपस्थित ब्यक्तिहरुले सत्य तथ्य बाहिर ल्याउन सरकारले ढिलाई गर्न नहुने बिचार ब्यक्त गरेका थिए । दुई दिन सम्म सामाजिक संजाल मार्फत बिरोध प्रर्दशन गर्ने र तब सम्म समेत घट्नाको सत्य तथ्य छानविन नभएमा तेस्रो दिन देखि थप बिरोधका कार्यक्रम सहित अगाडी बढ्ने अभियानका अगुवा बास नेपालगन्जका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । उनले सबैलाई सामाजिक सञ्जाल मार्फत अभियानमा सहभागी हुन अपिल गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १, २०७५ ०७:११