नयाँ कुराहरुको अनुभव सँगाल्ने उद्धेश्य लिएर चिन पूगेको नेपाली पत्रकारहरुको टोली बिभिन्न अनुभव सँगाल्दै नेपाल फर्किएको छ । एक साता लामो यात्रा पछि टोली नेपाल फर्किएको हो । ७ वटा प्रदेशका १४ जना नेपाली पत्रकारहरु भाद्र ९ गते चिन प्रस्थान गरेका थियौं ।
काठमाण्डौंबाट नेपाली मिडिया दलको टोली चिनको सिजुवान प्रान्तको राजधानी छेन्दु पूगेपछि छेन्दु बिमानस्थलमा चिनमा बसेर पत्रकारिता गर्ने नेपाली पत्रकार सहित गरिवि निबारण कोषका अधिकारीहरुले स्वागत गरेका थिए । त्यसपछि हामी पूर्ब निर्धारित कार्यक्रम बमोजिम पावोसिङ काउन्टीको हिमाली पहाड गाउँ पूगेका थियौं ।
जहाँका स्थानीयहरुले आफ्नो परम्परा बमोजिम हामीलाई स्वागत गरेका थिए । उक्त दिन त्यहाँ बनाईएका होमस्टेमा बास बसेपछि पछिल्लो दिन हामीलाई उक्त गाउँको अवलोकन गराईयो । स्थानीयहरुका अनुसार, चिनको पश्चिमी क्षेत्रमा पर्ने उक्त क्षेत्रमा सन् २०१३ अप्रिल २० तारिखमा ७ हेक्टर स्केलको भूकम्प गएको थियो । जुन भुकम्पबाट हिमपहाड गाउँका अधिकांश घरहरु भत्किएका थिए । मानवीय क्षति नभए पनि ६० घरहरु भत्किए पछि उक्त गाउँमा संकट भएको थियो । त्यसपछि गरिबि निवारण कोषले उक्त गाउँ पुननिर्माण गरी नयाँ वस्ती बसाइएको हिमपहाड गाउँका अध्यक्ष ली त आनले नेपाली पत्रकारलाई जानकारी दिएका थिए ।
उनका अनुसार, सरकार, गरिवि निवारण कोषको सहयोगमा २०१४ को अन्त सम्म सबै घर पुर्ननिर्माण गरिएको थियो । भुकम्प रहित घरहरु मौलिक रुपमा बनाईएको उक्त गाउँका सबै घर तल्लो तल्ला भान्छा, दोश्रो तल्ला आवास र तेस्रो तल्ला होमस्टे बनाईएको थियो । ६० घरका २६० नागरिक भएको उक्त गाउँ अहिले पर्यटकिय स्थलको रुपमा परिचित छ । जहाँका स्थानीयहरुले होमस्टेबाट राम्रो आम्दानी गरिरहेका छन् । भुकम्प गएपछि ठूलो बिकास हुन्छ भन्ने सन्देश दिन गाउँमा ४२० सेन्टिमिटर अग्लो स्मारक बनाईएकोछ । जसमा चिलको चित्र छ । यो दुबैको अर्थ छ । ४२ सेन्टिमिटरको अर्थ अप्रिल अर्थात चौथो महिनाको २० तारिख भुकम्प गएको र चिलको अर्थ भुकम्प गएपछि बिकास हुन्छ भन्ने सन्देश हो ।
नेपालमा भुकम्प गएको ३, ४ बर्ष बितिसक्दा पनि अझै धेरै गाउँहरु पुर्ननिर्माण हुन नसकिरहेको अवस्थामा उक्त गाउँ १ बर्षमा पुर्ननिर्माण हुनु र गरिवि निबारण हुन सक्नुबाट हामीले धेरै फरक अनुभुति गर्न पायौं । गाउँमा ७० बर्ष र १०० बर्ष अघिका दुईबाट घरहरु संरक्षण गरेर राखिएको, सरसफाई व्यवस्थापन गरिएको, सामुहिक रुपमा कार्य गरेको हामीले पायौं । छेन्दुबाट २१० किलो मिटर टाढा रहेको उक्त गाउँ १ हजार ७ सय मिटर अग्लो पहाडमा छ । दुई तर्फ अग्ला हिमाल र तल नदि बहने सुन्दर दृश्यको काखमा उक्त गाउँ अवस्थित छ । भुकम्प पछि निर्माण भएको उक्त गाउँको बसोवासमा व्यापक सुधार हुनुका साथै पर्यटन उद्योगबाट आयआर्जन भई गरिवि निवारण हुनुका साथै गाउँलेहरुमा सहयोगी व्यवहार बढेको पाईयो । जेष्ठ नागरिकहरुको सम्मानका लागि दिवा जेष्ठ नागरिक केन्द्र समेत निर्माण गरिएको छ जहाँ जेष्ठ नागरिकहरु दिउसो रमाईलो गर्दछन् ।
यसैगरी पछिल्लो दिन सिचुवान प्रान्तकै मिन्साङ जिल्ला स्थित प्रसिद्ध चिया खेति र किवि खेतिको अवलोकन गरिएको थियो । पर्यटन सेवा, स्थानीय उत्पादन र कला संस्कृतिले गर्दा चीन सरकारको गरिबी निवारण कार्यक्रम सफल भएको हामीले पायौं । चियाको राजधानी भनेर चिनिने मिन्सांग १० वटा ठूलो पहाड मध्येको एक हो । आफ्नै हातले चिया रोप्ने पहिलो ठाउँ र चिया संस्कृतिको जन्मथलो रहेछ मिन्साँग । जहाँका ९० प्रतिशत किसानले चिया खेतती गर्दछन् भने ७५ प्रतिशतले चिया उद्योग चलाउँछन् । जहाँ २ वटा राष्ट्रिय स्तरका नमूना बगैंचा, १३ वटा प्रान्तिय नमूना बगैंचा र १ वटा दक्षिण पश्चिमी क्षेत्रको चिया जाँच केन्द्र रहेको छ । जुन क्षेत्रमा चियाबाट ३ अर्व ८१ करोड युआन आम्दानी हुँदो रहेछ । ३० हजार हेक्टरमा रहेको उक्त चिया उद्यानमा पहिलो पटक चिया रोप्ने व्यक्ति उतिंग फँग हुन् । त्यसैगरि उक्त क्षेत्रको हिमाली भेगमा किवि फलफुल खेती पनि प्रख्यात रहेको पाईयो । जहाँ हामीले आफै उक्त फलफुल टिप्ने काम समेत गर्यौं ।
चौथौ दिन हामीले छेन्दुमा रहेका बिभिन्न सञ्चार माध्यमको विकासबारे अवलोकन गर्यौं । उक्त दिन सिचुवान दैनिक, सिचुवान टेलिभिजन, रेडियो र अनलाईनको अवलोकन गर्ने काम भयो । पत्रकारहरुको टोलीले सेचुवान राज्यको छेन्दु शहरमा रहेको सेचुवान समाचार ग्रुपसँग अन्तरक्रिया समेत गरेको थियो ।
जस क्रममा परम्परागत सञ्चार माध्यम पत्रपत्रिका भन्दा टेलिभिजन, अनलाईनले धेरै फड्को मारेको हामीले पायौं । हरेक व्यक्तिले आफुले चाहेको समाचार पाउन् भन्ने ध्येय त्यहाँका मिडियाहरुले राख्ने गरेको पाईयो । सञ्चार माध्यमको व्यवस्थापन, सजावट, परिचालन हामी सबैको लागि अनुकरणिय रह्यो । प्रबिधिले सञ्चार माध्यमलाई धेरै आधुनिक बनाएको अवस्थाले हामीलाई समेत उत्प्रेरित गर्यो । २६० वटा समाचार एक दिनमा आफै लेख्न सक्ने मेसिनको अवलोकनले हामीलाई चकित पार्यो । ३ पटक सम्म सम्पादन गरिने उक्त सञ्चार माध्यमका अधिकारीहरुले बताए । भिडियो, फोटो बिनाको समाचार दर्शहरुले अभिरुचिका साथ नहेर्ने गरेको उनीहरुको अनुभव हामीले सुन्न पायौं । सिचुवान टेलिभिजनकी सरकारी समाचार प्रमुख काउछिले टेलिभिजनमा ३ हजार भन्दा बढि सञ्चारकर्मीले काम गर्ने बताईन् । त्यस्तै उक्त मिडियाको रेडियो स्टेशनको अवलोकन गर्दा धेरै अनुभव गर्न पाईयो । समाचारका अलवा संस्कृति, संगित, जातिय, यातायात लगाएतका कार्यक्रमहरु प्रशारण हुने उक्त रेडियोका कार्यक्रम अनुसार छुट्टा छुट्टै स्टुडियो रहेका छन् । सञ्चार माध्यमहरुको अवलोकन पछि हामीले छेन्दुका फराकिला र साँघुरा सडकहरुको व्यवस्थापन बारे अवलोकन गरि पाँचौं दिन छेन्दुबाट बेईजिङ्ग पूग्यौं ।
पाँचौ दिन चिनको राजधानि बेईजिङ्ग शहरमा रहेको चिनियाँ अन्तराष्ट्रिय रेडियो (सिआरआई) र सिआरआई अनलाईनको कार्यालय अवलोकन तथा अन्तरक्रिया गरियो । १९४१ डिसेम्वर ३ मा स्थापना भएको उक्त रेडियो बिश्वकै ऐतिहासिक रेडियो हो । जापानले चिन माथि आक्रमण गरेका बेला जापनिज भाषाबाट सेवा शुरु गरेको उक्त रेडियोकी पहिलो सञ्चालक कियो सि हारा हुन् । जसले ७२ भाषामा समाचार प्रशारण गर्दछ । जहाँ बिभिन्न भाषाका रेडियो कार्यक्रमहरुका लागि बिगतमा पठाईएका पत्रहरु ग्लोव बनाई ग्लोब भित्र राखिएको छ भने जहाँ १९४९ अक्टोबर १ मा माओत्सेतुङ्गले चिनमा गणतन्त्र घोषणा गर्दा प्रयोग गरेको माईक समेत राखिएको छ । हरेक भाषका प्रमुख, उपप्रमुख रहेको उक्त रेडियोमा ३ हजार बढि कार्यरत छन् । उक्त अवसरमा सिआरआई नेपाली सेवाका अवलोकन गरिएको थियो । नेपाली भाषा बिशेषज्ञ चेतनाथ आचार्यले सिआरआई नेपाली सेवा बारे जानकारी दिएका थिए । त्यसैगरि सिआरआई दक्षिण एसिया केन्द्रका अध्यक्ष सुङ्ग होले सिसिटिभि, सिआरआई र क्यापिटल मिडिया एक भई चाईना मिडिया ग्रुप निर्माण भएको बताए । उनले आम नागरिकले परम्परागत मिडियाको बिकल्प खोजिरहेकाले प्रभावकारी मिडियाका लागि तीन मिडिया एक भएको बताए ।
त्यसैगरी त्यहाँ स्थित गरिबि निवारणका लागि चिनिया फाउन्डेशन र चिनिया गरिबि निवारण कोषको कार्यालयमा छुट्टाछुट्टै अवलोकन तथा अन्तरक्रिया गरेर नेपाली मिडिया दलले जानकारी हाँसिल गरेको थियो । छैटौं दिन नेपाली पत्रकारहरुको टोलीले चीन सरकारको गरिबी निवारण कोषको कार्यालय अवलोकन गर्नुका साथै गरिवि निवारणका लागि चाईना फाउण्डेसनको कार्यालय अवलोकन गरेको थियो । सो क्रममा चाईना फाउण्डेसनले गरिवि निबारणका लागि स्वास्थ्य, शिक्षा, ग्रामिण बिकास, प्रकोप व्यवस्थापन लगाएतका क्षेत्रमा काम गर्ने गरेको पाईयो । जसले नेपालमा समेत काम गरिरहेको अधिकारीहरुले जानकारी दिए । त्यसैगरी गरिवि निबारण कोषकी डाक्टर प्रोफेसर छु लिपिँगले २०२० भित्र चिनको गरिवि निबारण गर्ने गरि कार्यहरु गरिरहेको बताईन् ।
नेपालको गरिवि निबारण कोष भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा चिनियाँ गरिवि निबारण कोषले आक्रामक रुपमा गरेको कार्यबाट हामी नेपाली पत्रकारहरु चकित भयौं । गरिवि घटाउन कोषले निर्बाह गरेको भूमिका अतुलनिय रहेको पाईयो । त्यसपछि हामीले नेपालका लागि चिनिया राजदुत लिलामणी पौडेलसँग भेटघाट गरि चिनमा नेपालीहरुको लागि भईरहेका गतिबिधिबारे जानकारी लिएका थियौं । उनले आत्मियता प्रर्दशन गर्दै हामी सबैलाई स्वागत गरेका थिए ।
सातौं दिन पत्रकारहरुको टोलीले संसारकै सबैभन्दा लामो पर्खाल ग्रेटवालको समेत अवलोकन गरेको थियो । १००० बर्ष लगाएर निर्माण गरिएको ५० हजार किलो मिटर लामो ग्रेटवालमा नेपाली पत्रकाहरुले टोलीले फरक अनुभुति संगाल्ने मौका पाएको थियो । यस क्रममा चराको गुण आकारमा निर्मित ओलम्पिक रंगशाला, बजार लगाएत क्षेत्रका अवलोकन गर्दै टोली बेईजिँगबाट खुनमिङ्ग हुँदै नेपाल फर्किएको छ । बिकासको तिब्रता, आधुनिकताका अग्रगमन, सामुहिकताका उत्कृष्ठता र राष्ट्रियता प्रतिको उच्च प्रतिबद्धताले चिन चिन बन्न सफल भएको हो । यि सबै कुराहरुमा नेपाल पछाडी छ जुन चिनबाट नेपालले सिक्न जरुरी छ । कुनै कुरामा समानता छैन नेपाल र चिनमा । एउटा कुरामा समानता पाईयो त्यो हो धुम्रपानको सर्बत्र प्रयोग । सार्बजनिक स्थान कार्यालय बाहेक यत्रतत्र धुम्रपानको अत्याधिक प्रयोग चिनमा रहेको हामीले पायौं । अझ केही समय अघि त चुरोटका बट्टा अतिथीहरुलाई दिने प्रचलन समेत रहेको हामीले थाहा पायौं । अर्काे पक्ष चिनमा शाकाहारी व्यक्ति कोही पनि नरहेको अनुभव हामीले यस भ्रमणबाट गर्न पायौं ।
चिनिया गरिबि निवारण कोषको आमन्त्रणमा म लगाएत नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् कान्तिपुर दैनिकका कर्णाली ब्युरो प्रमुख कलेन्द्र सेजुवाल, जनआस्था सहकर्मी राजु लामिछाने, अन्नपूर्ण पोष्टका नविन कुईकेल, कान्तिपुर दैनिकका मनोज पौडेल, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य शम्भु झा, फास्ट टाईम्सका केशव घिमिरे, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बि.क., सेतोपाटि अनलाईनका भानुभक्त जैसी, रातोपाटि अनलाईनका शम्भु दंगाल लगायत १४ जना पत्रकारहरुको भ्रमण टोलि भाद्र ९ गते नेपालबाट चिन प्रस्थान गरेको थियो । एक साता लामो भ्रमण यात्रा पछि शनिवार नेपाल फर्केको हो ।
यस भ्रमणबाट धेरै सकारात्मक कुराहरु सिक्ने अवसर प्राप्त हुनुका साथै नयाँ स्थानहरुको अवलोकन गर्ने मौका पाईएकोछ । चिनका लागि नेपाली राजदुत लिलामणि पौडेलकै भनाईलाई सापटि लिएर भन्ने हो भने कुराले होईन कामकै कारण चिन समृद्ध बनेको रहेछ ।