काठमाडौं– नवौँ संस्करणका नेपाल मानव अधिकार चलचित्र महोत्सव यही ६ मंसिरदेखि सुरु हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ९ मंसिरसम्म (२२ देखि २५ नोभेम्बर) सम्म आयोजना हुने महोत्सवमा विभिन्न ४२ वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।
केन्द्रले प्रत्येक वर्ष ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को आयोजना गर्दै आएको छ । अघिल्लो वर्ष भर्चुअल माध्यमबाट आयोजना गरिएको महोत्सव कोरोना महामारीको जोखिम कायमै रहेकाले यस यसवर्ष पनि भर्च‘अल माध्यमबाट नै हुने आयोजकले जनाएको छ । महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्मका साथै सबै विधाका फिल्महरू देखाइने छ । महोत्सवमा देखाइने फिल्महरू आवेदन परेका मध्येबाट उत्कृष्टहरू प्रदर्शनको लागि छनोट गरिएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिएका छन् । वेभसाइट लग इन गरेर महोत्सवमा प्रदर्शन हुने फिल्महरू हेर्न सकिने उनले जानकारी दिए ।
महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तक्र्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरू पनि राखिएको छ । महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिलाविरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरूमा अन्तक्र्रिया हुने आयोजनकले जनाएको छ ।
त्यस्तै, ओटिटी प्लेटफर्ममा नेपाली फिल्म कसरी पु¥याउनेबारे मास्टरक्लासको पनि आयोजना गरिने निर्देशक खत्रीले बताए । महोत्सवमा अन्तर्राष्ट्रिय बिधाका फिल्मको प्रदर्शन मात्र गरिने छ भने नेपाली बिधाका फिल्महरूको भने प्रतिष्पर्धा हुनेछ । जसमा उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनोट गरी पुरस्कार घोषणा गरिनेछ ।
महोत्सवमा आसा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिका निर्वाह गर्ने भएका छन् । महोत्सवको सह–आयोजकमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदूतावास रहेको छ । त्यस्तै, उक्त महोत्सव प्रवद्र्धनका लागि चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सञ्जाललगायतको सहकार्य र दर्जनौँ संघ–संस्थाले ऐक्यबद्धता जनाएका छन् ।