राम कुमार चौधरी
काठमाण्डौं/अर्जुन चौधरी बर्दियाका हुन् उनले कर्मभुमी राजधानी काठमाण्डौंलाई बनाए । ३० बर्षिय चौधरी मुर्तिकार हुन् । बिगत २० वर्ष देखि काठमाडौको पाटनमा मुर्ती बनाउने पेशा अँगालेर उनी सँघर्ष गरिरहेकाछन् । उनी शालिक र भगवानको मुर्ति बनाउँछन् । उनको जिवनको कथा संघर्षमय छ । उनको कथाबाट धेरैले प्रेरणा लिन सक्छन् ।
उनी मधुवन नगरपालिका ढोढरी निवासी हुन् । २०४५ सालमा जन्मेका चौधरीले दुई वर्षका छंदा आमा गुमाए, सानैमा मातृप्रेम नपाएका उनी ११ वर्षको उमेरमा घर छोड्न बाध्य भए । थारु समुदायको अशिक्षित संयुक्त परिवारमा जन्मिएका उनको बाल्यकाल एकदमै दुःखद रह्यो । २६ जनाको संयुक्त र अशिक्षित परिवारमा जन्मेका उनी ६ वर्षको हुँदा बिद्यालय जान थालेका थिए ।
बिद्यालयमा शिक्षकहरुबाट हुने दैनिक पिटाईबाट आजित भएर उनी बिद्यालयबाट भाग्थे, सो क्रममा खोला तिर गएर माटोको मुर्ती बनाउन सिक्थे । पछि गएर उनले शिक्षकहरुको कुटाई खानबाट बच्नका लागि बिद्यालयलैं छाडे । त्यसपछि उनको काँधमा पशु, चौपायालाई बजन, जंगल लैजाने जिम्मेवारी आईलाग्यो त्यहि क्रममा चित्र कोर्ने, मुर्ति बनाउने काम गरे ।
पछि गएर एक जना काठमाण्डौं बस्ने गाउँकै एक व्यक्ती मार्फत उनी काठमाण्डौं छिरे । काठमाण्डौंमा मुर्तिकारको घरमा मुर्ति बनाउने काम सिक्न थाले र बिद्यालय जान थाले । उनको रुचिको बिषय भएर उनको कलामा निखार आउन थाल्यो । तर उता उनको बुवा पनि मृत्यु भयो । अर्काे बज्रपातबाट उनी बिक्षिप्त भएपनि केही समय पछि पुनः उनी काममा फर्के ।
हाल उनले बनाएको मुर्ति ३२ जिल्लामा पुगिसकेका छन् । मुर्तिमा शालीक, देबी देउताको मुर्ती उनले बनाउँछन् । उनले बनाएको मुर्ती बिदेशमा समेत जाने गरेकोछ । अमेरिका, बेलायत, नेदरल्यान्ड र चाइनामा समेत उनका मूर्तीहरु गईसकेका छन् । पृथ्वीनारायण शाह, बि. पी. कोइराला, भानुभक्त, लखन थापा, भिमसेन थापा, अम्मर सिंह जस्ता ब्यक्तित्वको शालीक उनले बनाएकाछन् । यसबाट उनले राम्रै आम्दानी गरिरहेकाछन् । पेशाबाट अर्जुन खुसी छन् ।