नेपालगन्ज /नेपालगन्ज उपमहानगरपालिकका प्रमुख डाक्टर धवल शम्शेर राणाले आफ्नो तलब र भत्ता बापतको रकम सामाजिक कार्यमा लगाउने भनि निर्बाचन ताका गरेको प्रतिबद्धता अनुरुप सहयोग गर्न थालेका छन् ।
राणाले तलब र भत्ता बाफत प्राप्त ५० हजार रुपैयाँ नेपालगञ्ज स्थित बाल्मिकी समाजलाई बुधबार उपलब्ध गराएका छन् । महर्षि वाल्मिकीको जन्म जयन्तीको अवसरमा वडा नं. २ वाल्मिकी टोलमा रहेको बाल्मिकी मन्दिर आयोजित कार्यक्रममा उक्त सहयोग गरेका हुन् । चुनावताका सरकारी तलबरभत्ता नलिने बाचा गरेका मेयर राणाले यसअघि ओम शान्तिलाई आफ्नो तलब भत्ता उपलब्ध गराई सकेका छन् ।
पूर्व घोषणा बमोजिम नेपालगन्ज समाजका अध्यक्ष रामचन्द्र बाल्मिकी, कोषाध्यक्ष जगदिश बाल्मिकी लगाएतलाई उक्त सहयोग प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै राणाले आफू पदमा रहुन्जेल तलब, पारिश्रमिक र घुस नखाने प्रतिबद्धता जनाएका थिए । यस अघि राणाले ॐ शान्तिलाई ५० हजार प्रदान गरिसकेका छन् भने निल सागर असहाय सेवा केन्द्रलाई ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले पहिलो पटक नगर प्रमुख हुँदा वाल्मिकी टोलस्थित महर्षि बाल्मिकी मन्दिर स्थापनार्थ सहयोग गरेको बताउँदै आफूले पाउने सरकारी सेवा र सुविधा सामाजिक क्षेत्रमा लगाउने प्रतिबद्धता दोहर्याए ।
आफूले सरकारी रकमको दुरुपयोग नगर्ने र कसैलाई गर्न पनि नदिने उनले बताए । सरकारले तलब दिन ढिलाई गरेका कारण सहयोग गर्र्न पनि ढिलाई भएको उनले बताए । अब क्रमशः बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै जानेछुँ—कार्यक्रममा राणाले भने—मेरो सहयोग सबै ठाउँमा सदुपयोग हुनेछ भन्ने आशा लिएको छुँ ।
वाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीले नगर प्रमुखको सहयोगबाट पारदर्शी रुपमा काममा लगाउने बताएका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्र्रिक युवक सँगठनका केन्द्रीय उपाध्यक्ष ऋषिराज देवकोटा, नगर अध्यक्ष मनोज श्रेष्ठ, नगर प्रमुख राणा पत्नी प्रतिमा राणा लगाएतको सहभागिता रहेको थियो ।
पहिलो कार्यकालमा राणाले आफ्नो तलबभत्ता सामाजिक कार्यमा लगाएका थिए, उनले भेरी अञ्चल अस्पताल भित्र प्रतिक्षालय लगाएत धेरै बिकास निर्माणका कार्यहरु गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०७५ १८:४२