नेपालगन्ज । कार्तिक २८ गते ।
नेपालगन्ज उप–महानगरपालिकाका दुई स्थानमा कार्तिक २८ गते बालश्रम न्युनीकरण तथा बाल संरक्षण बिषयक जनचेतना मुलक कचहरी नाटक प्रर्दशन गरिएको छ ।
बालश्रमको अन्त्य गर्ने, हरेक बालबालिकाहरुलाई बिद्यालय पठाउन अभिभावकहरुलाई सचेत गराउने, जोखिममा रहेका बालबालिकाहरुको तत्काल उद्धार गरि उनीहरुको संरक्षण गर्ने, बाल बिवाह अत्य गर्न जनचेतना जगाउने लगायतका बिषयमा सो कचहरी नाटक केन्द्रीत रहेको थियो । कचहरी नाटकमा सहभागिहरु दर्शकहरुले निकै उत्साहका साथ सहभागिता जनाएका थिए । सहभागिहरुले कचहरी नाटक प्रर्दशन गरिरहेका कलाकारसँगै अन्तरक्रियात्मक रुपमा सहभागिता जनाएका थिए । उनीहरुले बालश्रम न्यूकीरणमा सामुहिक प्रतिबद्धता समेत गरेका थिए ।
युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस नेपालको समन्वयमा बासद्धारा संचालीत ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत वडा नम्बर १४ को बालेगाँउ चोकमा प्रर्दशन गरिएको कचहरी नाटकमा वडा नम्बर १४ का वडा अध्यक्ष ओमकार नाथ मिश्र, नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडाका पदाधिकारीहरु, बासका पदाधिकारीहरु लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । भने वडा नम्बर ५ मा सम्पन्न नाटकमा वडा नम्बर ५ का वडा अध्यक्ष कैफुलवरा जोलाह, सामाजिक परिचालक राधा सिजापति लगायत वडाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कचहरी नाटकमा कलाकारहरु रबिन्द्र बोहरा, अन्जना चर्तुबेदी, देवा बहादुर क्षेत्री, शोभा थापा मगर, मिनु गुप्ता, अजय तामाङ्ग र साबुद्धीन हलवाईले अभिनय गरेका थिए ।
युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस नेपालको समन्वयमा बासद्धारा संचालीत ब्यवहार परिवर्तनका कार्यक्रम अन्तरगत नेपालगन्ज उप–महानगरपालिकाको ६ ओटा वडामा कचहरी नाटक प्रर्दशन गरिएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५ ११:५२