कास्की– प्रधान सेनापति महारथी प्रभुराम शर्माले आइतबार कास्कीको पोखरास्थित मध्य कमाण्ड हे.क्वा. र मनाङ्गस्थित गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले कमाण्ड हे.क्वा., बाहिनी, गण तथा गुल्महरूमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको कार्यान्वयन सम्बन्धि प्रगति तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरूमा जानकारी लिएका थिए ।
भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले गण्डकी प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेट तथा छलफल समेत गरेका थिए । मध्य कमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी ईलाकाहरूमा अवस्थित युनिटहरूको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले सोमबार मुस्ताङ्गको जोमसोमस्थित श्री नं. २३ बाहिनी अड्डा र बाग्लुङ्गस्थित गुल्मको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मंगलबार पाल्पास्थित गणको निरीक्षणका साथै उक्त जिल्लामा अवस्थित शान्ति वाटिका र पाल्पा दरबारस्थित सैनिक संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।