काठमाडौं — हाँस्य कलाकारहरू सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मंगलबार विवाहको वर्षगाँठ मनाएका छन् । १४ मंसिर ०६५ मा उनीहरू विवाह बन्धनमा बाँधिएका थिए । उनीहरू विवाह बन्धनमा बाँधिएको मंगलबार १४ वर्ष पुगेको अवसरमा कलाकार सीतारामले कुञ्जनासँगको पहिलो भेटको क्षण सम्झिएका छन् । हाँस्य टेलिसिरियल मेरी बाँस्सैमा जमेको उनीहरूको जोडी केहीवर्षको प्रेम सम्बन्धपछि विवाहमा परिणत भएको थियो । हाल उनीहरूका एक छोरी शुविहानी कट्टेल छिन् । सीताराम र कुञ्जनाको पहिलोपटक भेट र देखादेख नै सुटिङ सेटमा भएको थियो ।
कलाकार सीतारामले कुञ्जनासँग पहिलो पटक भेट हुँदाको क्षण सम्झँदै आफ्नो फेसबुकमा लेखेका छन्, ‘सुटिङ सेट अनि माइक्रोमा मेकअप गरिरहेको बेला भएको त्यो भेट । अपरिचित युवति, लजालु स्वभावको म । खै कताबाट गफ गर्ने आँट पलायो ममा । परिचय मात्रै होइन उनीसँग निकै गफिएछु । सायद भगवानले चाहेर नै होला त्यो पहिलो देखाभेटमै त्यति मज्जाले बोल्न सकेको ।’ पहिलो भेटमा नै आफूलाई कुञ्जना मजासिली र व्यवहारिक लागेको उनले सम्झिएका छन् । कुञ्जना आफ्नो जीवनमा प्रवेश गरेपछि धेरै कुराहरू परिवर्तन भएका उल्लेख गर्दै उनले लेखेका छन्, ‘मेरो जीवनले थप ऊर्जा प्राप्त गरेको छ । उनीसँग बिहे भएपछि मैले परिपक्व भएको महसुस गरेँ । व्यवहारिकता, आँट र हिम्मत गर्न उनले नै सिकाइन् । मेरो उचाइँ बढाउनमा उनको योगदान छ ।’
कुञ्जनासँग सच्चा माया मात्र नभई असल भावना पनि रहेको उनले बताएका छन् । भूकम्पले थिलथिलो पारेको घाउमा मल्हमपट्टी लगाउन ११ महिनाको छोरीलाई कसैको काखमा सुम्पेर प्रभावितहरूको घरमा पुग्न आफूहरूलाई असल भावनाले प्रेरित गरेको सम्झँदै उनले आफूले कयौं पटक कुञ्जनाको मन दुखाएको र उनलाई खुसी दिन थुप्रै पटक चुकेकोमा दुःख व्यक्त गरेका छन् । एक समयको चर्चित टेलिशृृंखला ‘मेरी बाँस्सै’ मा सीताराम र कुञ्जनाले निर्वाह गरेको ‘धुर्म‘स र कुञ्जना’ को चरित्रलाई दर्शकहरूले निकै रुचाएका थिए । यही सिरियलले उनीहरूलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो । ०७२ सालमा गएको विनाशकारी महाभूकम्पपछि सामाजिक कार्यमा सक्रिय रहेको यो जोडीले एकीकृत नमुना बस्ती निर्माणदेखि गौतमबुद्ध अन्तराष्र्टि«य क्रिकेट रंगशाला निर्माणमा जुटिरहेको छ । दुई वर्षअघि उनीहरूले ‘सेन्टी भाइरस’ फिल्ममा एकसाथ अभिनय गरेका थिए ।
यसैबीच १४औँ वैवाहिक वर्षगाँठको अवसरमा सीताराम र कुञ्जनाद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरूले अभिनय गरेको ‘मायाले जीवन सजाउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा सीतारामकै भाइ हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ । अर्ज‘न पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् । र्माण टिमले जानकारी दिएको छ ।