नेपालगञ्ज/लक्ष्मी पूजामा सकभर कसैलाई सहयोग गर्नु नपरोस्, पैंसा दिनु नपरोस् भन्ने मानसिकता धेरैमा हुन्छ । तर केही व्यक्ति यस्ता हुन्छन् जो सहयोग गर्न लक्ष्मी पूजाकै दिन कुरेरै बस्छन् । त्यस्तै व्यक्ति मध्येकी एक हुन् – दिला शाह ।
बासकी साधारण सदस्य तथा मानदेवा परोपकारी अक्षय कोषकी संस्थापक शाहले आफ्ना श्रीमान दिनेश चन्द केही दिन अघि सडक दुर्घटनामा घाईते भई स्वास्थ्य लाभ गरेको खुसियालीमा नेपालगन्ज स्थित समाज बिकास प्रबद्र्धन केन्द्र नामक बालगृहलाई ३० हजार रकम सहयोग गरेकी छिन् ।
जानकारी अनुसार लक्ष्मीपूजाको दिन शाहले नेपालगञ्जको काँरकाँदौ स्थित बालगृहको कार्यालयमा गई शाहले उक्त सहयोग गरेकि हुन् । शाहले सहयोग रकम ३० हजारको चेक संस्थाका अध्यक्ष मिन बहादुर अर्याललाई हस्तान्तरण गरेकि थिईन् ।
सहयोग हस्तान्तरण गर्दै शाहले बालगृह सञ्चालनमा सघाउ पुर्याउने उद्धेश्यले सहयोग गरेको बताईन् । पैंशाले कसैलाई पूग्दैन, आफुसँग भएको रकमबाटै सानो, सानो सहयोग गर्न पाउँदा आनन्दको महसुस हुने उनले बताईन् । श्रीमान सडक दुर्घटनामा पर्दा आफुले श्रीमान सञ्चो भएमा परोपकारी कार्यमा सहयोग गर्ने बाचा गरे बमोजिम सहयोग गरेको शाहले सो अवसरमा बताईन् ।
नितान्त
स्थानीय स्रोत व्यवस्थापन गरि बालगृह सञ्चालन भएको भन्दै शाहले उक्त संस्थालाई धन्यवाद समेत ज्ञापन गरेकि थिईन् ।
कार्यक्रममा सहयोग ग्रहण गर्दै संस्थाका अध्यक्ष मिन बहादुर अर्यालले शाहबाट भएको सहयोगले आफुहरुलाई सहज भएको बताए । स्थानीय व्यक्ति तथा संस्थाहरुको सहयोगमा बालगृह सञ्चालन गरेको उनले जानकारी दिएका थिए । सो अवसरमा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह र उपनिर्देशक हेमराज भट्टको उपस्थिती रहेको थियो । उक्त बालगृहमा १२ जना बालबालिकाहरु आश्रित रहेकाछन् ।