काठमाडौं – भारतमा आयोजना हुने फोर नेसन्स कप महिला फुटबल प्रतियोगिता स्थगित भएको छ । कोरोना भाईरसको ‘ओमिक्रोन’ नामक नयाँ भेरियन्टको कारण प्रतियोगिता स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘कोरोनाको नयाँ भेरियन्टको कारण प्रतियोगिता स्थगित भएको छ । हामीलाई जानकारी आईसकेको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तयारी गरिरहेको थियो । प्रतियोगिता डिसेम्बर ९ देखि २१ तारिखसम्म हुने तालिका रहेको थियो । एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा उक्त प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको थियो ।