नेपालगन्ज/मंसिर ११ गते । सामाजिक सद्भाव प्रबर्दनकालागि नरैनापुरमा आज बृहत सास्कृतीक उत्सब कार्यक्रम गरिएको छ ।
सामाजिक सद्भाव तथा सामुदायिक सुदृढीकरण परियोजना अन्तरगत सम्पन्न सो कार्यक्रम नरैनापुर गाँउपालिकाका प्रमुख ईन्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहियामा सञ्चालन भएको उत्सबमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाँउपालिका प्रमुख शाहले नरैनापुर गाँउपालिका क्षेत्रमा सामाजिक सद्भावका लागि क्रियाशिल रहेको बताए । उनले गाँउपालिकामा सामाजिक सद्भाव कायम गर्दै कुनै पनि विवाद आउन नदिने प्रतिबद्धता गरे । नरैनापुर बिकासको लडाईमा लागिपरेको उनको भनाईथियो । कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहियाका अध्यक्ष कृष्ण चन्द्र मौर्यले मटेहियामा सामाजिक सद्भाव कायम रहेको बताए । नरैनापुर गाँउपालिकाका ४ सय बढी स्थानियहरुको सहभागिता रहेको सास्कृतीक उत्सबमा महेन्द्र माबि मटेहियाका प्रधानाध्यापक पेशकार सिंह, मुस्लिम धर्मका मौलाना असलम खान, हिन्दु धर्मगुरु रामा नन्द मिश्र लगायतले बोलेका थिए ।
नरैनापुर गाँउपालिकाको सहयोग, युएनडिपी नेपाल र स्थानिय रजा युवा क्लबको समन्वय तथा बासको आयोजनामा भएको सो कार्यक्रममा मुस्लिम धर्मावलम्बीहरुको मोर्हरम बाजा, हिन्दु धर्मको भजन, चौधरी नृत्य, सामाजिक सद्भाव झल्कने नाटक, गित तथा गजलहरुको प्रश्तुतीकरण गरिएको थियो । बास बाँके शाखाका सदस्य मकबुल अहमद मुकेरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका कार्यक्रम संयोजक शम्भु शाहीले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन कार्यक्रममा सभाध्यक्ष बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५ ११:३१