सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको बा¥हबिसेमा भएको बा¥हबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधी सेनाका रत्नजित तामाङ्गले जितेका छन् । सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधी उचालेका हुन । रत्नले उपाधीका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधी कब्जा गरिन् । उनले उपाधी हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् । रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधी जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरूले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे । जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बा¥हबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस अघि शनिबार नै भएको सेमिफाईनलमा सेनाका रत्नजितले सेनाकै प्रफुल महर्जनलाई २१–१७, २१–१९ को जित निकाल्दै फाईनल प्रवेश गरेका थिए । यस्तै नविनले बरियतामा दोश्रो स्थानमा रहेका एपिएफका दिपेश धामी माथी ९–२१, २१–१५, २१–१६ को जित निकाल्दै रत्नसँगको भेट पक्का गरेका थिए । तृतीय स्थान प्राप्त गरेका प्रफुल महर्जन र दिपेश धामी प्रत्येकले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
महिला एकल तर्फ सेनाकै अमिता गिरी र रशिला महर्जन फाईनल प्रवेश गरे । अमिताले नेपाल पुलिसकी निता लम्साललाई २१–२३, २१–१०, २१–१२ ले तथा रशिलाले सेनाकै अनुमाया राईलाई २१–१४, २१–१४ को समान अन्तरमा पराजित गरे । तृतीय स्थान प्राप्त गर्ने निता र अनुमाया प्रत्येकले नगद १२ हजार ५ सयका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे । सिल्क ग्रुपको प्रायोजन, बा¥हबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
यस्तै फाईनल प्रवेश गर्ने क्रममा कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले पनि जित निकाल्यो । उक्त जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१२, २१–११ को सेटमा पराजित गरेका थिए । तृतीय हुने सुशिल र बिवेकको जोडी तथा ससिन र सुमितको जोडीले २५।२५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । भेट्रान्स ४५ बर्ष माथिको खेलमा परफेक्ट फिटनेश क्लबलका संजय कपाली र श्याम लामाको जोडी तथा तनहुका मनबहादुर राना मगर र देव बहादुर थापाको जोडी फाईनल प्रवेश गरे । कपाली र लामाको जोडीले बा¥हबिसेका कमल कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१०, २१–१४ तथा राना मगर र थापाको जोडीले बा¥हबिसेकै रविन बोमजन र बेद बहादुर श्रेष्ठको जोडीलाई २२–२४, २१–१२, २१–१२ ले पराजित गरेका थिए ।
जिल्लास्तरिय पुरुष युगल तर्फको स्पर्धामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा बा¥हबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले फाईनलमा स्थान बनाएका थिए । श्रेष्ठ द्वयको जोडीले मेलम्चिका किशान दुलाल र राजन श्रेष्ठको जोडीलाई २१–१९, २१–१६ ले तथा गुरुङ्ग र शेर्पाको जोडीले बलेफीका अजय तामाङ्ग र पुलिसका पुर्ण बहादुर थापाको जोडीलाई २०–२२, २१–१४, २१–१९ ले पराजित गरेका थिए ।
बिजयी खेलाडीहरूलाई प्रमुख अतिथी बा¥हबिसे नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुशिला पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरस्कार रासी ५ लाख ५० हजार रहेको थियो ।