नेपालगन्ज । बाँकेको राप्ती नदिमा अबैध नदिजन्य बस्तु दोहन गर्दै गरेको अवस्थामा ठुलो सख्यामा ट्याक्टर नियन्त्रणमा लिएपछि अवैध कारोकारीहरु त्रसित बनेका छन् ।
यहि मंसिर ४ गते मंगलबारका दिन राप्ती नदिमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको अवस्थामा नदि किनारामा पुगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बाँकेको राप्ती नदिमा अवैध रुपमा बालुवा तथा बालुवा जन्य बस्तुहरुको निकासी
भईरहेको भन्ने गुनासोका बिच सो अवैध कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको श्रोतले
बतायो ।
नदिजन्य बस्तुहरुको अवैध दोहन रोेक्न सक्रियता देखाएको अख्तियारले सो क्रममा ३३ ओटा माल बाहक र ६ ओटा खाली गरि ३९ ओटा ट्याक्टर नियन्त्रणमा लिएको बताईएकोछ । यति ठुलो सख्यामा ट्याक्टर नियन्त्रणमा लिएपछि उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय नेपालगन्जमा राखिएको बताईएको छ । अवैध निकासीमा प्रयोग भएका ट्याक्टर र ट्याक्टर धनिलाई कार्वाही प्रक्रियामा ल्याउन उनीहरुलाई डिभिजन बन कार्यालयको जिम्मा बुझाएको बताईएको छ । डिभिजन बन कार्यालयको बाहिर राखिएका ति ट्याक्टरहरुको बारेमा आवश्यक अनुसन्धान कार्य अगाडी बढीसकेको बन कार्यालयले जनाएको छ ।
अख्तियारको सक्रियतामा भएको अवैध निकासी रोगथाम तथा नियन्त्रणको यो कार्यले निति नियम र प्रक्रिया बाहिर गई काम गर्ने परिपाटिलाई निरुत्साहित गर्ने जानकारहरु बताउछन् ।
वन कार्यालयलाई बुझाईएका ट्याक्टरहरुका बिषयमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको डिभिजन बन कार्यालय बाँकेका अनुसन्धान अधिकृत गगन महतराले असल शासन पोष्टलाई बताए । उनीहरु उपर बन ऐन २०४९ को दफा ४९ र ५० बमाजिम कार्वाहरी प्रक्रिया अगाडी बढ्ने उनको भनाई थियो । वन ऐन २०४९ मा अवैध रुपमा निकारी तथा पैठारीमा संलग्न ब्यक्ति तथा बस्तुहरुको नियन्त्रणका लागि बन
अधिकारी, बन उपभोक्ता महासंघ तथा समितिहरु, प्रहरी प्रशासन तथा सरोकारवालाहरुले आवश्यक सहयोग गर्न सक्ने उल्लेख गरिएको छ ।
विभिन्न समयमा रात्ती नदि लगायत खोलाहरुमा अवैध निकासी बढेको खबर बाहिर आईरहेका बेला अख्तियार लगायत
सरोकारवालाहरुको सक्रियतामा भएको यो कार्यले अवैध कार्यहरु गर्ने गिरोहलाई निरुत्साहित गर्ने निश्चित छ । अवैध कार्यमा संलग्न दोशिलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित नियकाले ढिलाई गर्नु हुदैन ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५ १०:१८