कुरा यहि मंसिर ५ गतेको हो, म काम बिशेषले सहकर्मी साथि सँगै साझँ ६ बजे कोहलपुरबाट नेपालगंज मोटरसाईकलमा फर्किदै थिए । जब हामी राँझा चौकबाट अलिकति मात्र अगाडी आई पुगेका थियौं मैले त्यहाँ नजिकै बिच सडकमा एउटा गोरु
मरेको देख्यौं । मरेको गोरु बेवारीसे सडकमा रहको थियो सो बाटोमा सयौं सवारी साधन आवत जावत गरिरहेका थिए तर कसैको ध्यान पनि त्यता तर्फ गएन् मलाई सो बारेमा नेपालगन्ज उप–महानगरपालिकालाई खबर गर्नु पर्छ भन्ने बिचार आयो । सहकर्मी साथसँग कुराकानी गर्दै हामी केही अगाडी आइपुग्यौं मैले त्यहाँ फेरी सडक मै अर्को एउटा गधा मरेको देख्यौं । म सहकर्मी साथि लाई उनको घरसम्म छोडेर वि.पि चौक तिर फर्किदै थिए पुनः एउटा कुकुर बिच सडकमा मरेको देखे केही समयको अन्तरमा तिन स्थानमा जनावर मरेको देखे पछि मलाई अति भयो मैले मोटर साइकलबाट झरेर त्यो मरेको कुकूरलाई सडक किनारा आफै लगाए । त्यसपछि मैले उपमहानगरपालिकालाई जानकारी गराउन खोज्दा सम्पर्क हुन नसकेपछि म निरास भएर घर तिर लागे । पछिल्लो समय नेपालगन्ज उपमहानगर भित्र अत्यधिक रुपमा यत्र तत्र देखिने छाडा पशु चौपायाहरुको कारण सवारी दुर्घटना बढ्न थालेको छ भने सडकमा जनावर मर्ने तर त्यसको समयमा नै ब्यवस्थापन नहुदा वातावरण नै दुर्गन्धीत भई विभिन्न रोगको महामारी फैलिने सम्भावना बढेको छ । नेपालगन्ज उपमहानगरपालिकालाई स्वच्छ र सफा बनाउन सबै नागरिकहरुले आ आफ्नो ठाँउबाट नगरबासिको जिम्मेवारी पुरा गर्न जरुरी छ भने त्यस्तो देखेमा तुरुन्तै सम्बन्धित निकायलाई खबर खर्न सहयोग गरेमा समयमा नै ब्यवस्थापन हुने निश्चित छ । भने अर्को तर्फ उपमहानगरपालिकाले मरेको पशु चौपायाहरुको तत्काल ब्यवस्थापन गर्न आवश्यक ब्यवस्थापन गर्न जरुरी छ ।
– रबिन्द्र बोहरा, नेपालगन्ज
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५ १०:२८