काठमाडौं– गीति एल्बम ‘जोवन बैना देउ’ सँर्वजनिक भएको छ । उपन्यासका सम्पादक गोविन्द कँडेल ‘आँसु’को सभापतित्व र राष्ट्रिय गानको रचनाकार प्रदीपकुमार राई ‘ब्याकुल माइला’को प्रमुख आतिथ्यमा कौडा गीति एल्बम बिहीबार हार्दिक होटलमा एक कार्यक्रम गर्दै सँर्वजनिक गरेको हो ।
उक्त गीति एल्बममा कुमारी बाँठा मगर ‘मनु’को शब्द रहेको छ भने दुर्लभ जेठामान र तारा श्रीषको स्वर रहेको छ । गीति एल्बमका बारेमा बोल्दै वास्ताविक कौडा गीतलाई तोडमोड गरेर दोहोरीजस्तो बनाउने कार्यले कौडा गीतमाथि अन्याय भइरहेकोले त्यसमा पनि ध्यान पु¥याउन सर्जक र निर्माण पक्षलाई संजोग लाफा मगरले सजग गराएका थिए । प्रमुख अतिथि ब्याकुल माइलाले आफ्नो संस्कृतिभन्दा ठूलो अरु नहुने र भुल्दै गएको संस्कृतिलाई जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गराउनु सबैको दायित्व भएको बताएका छन् । लोक संस्कृतिको संरक्षणले मात्रै कलाकारलाई वास्ताविक परिचय गराउने महसुस भएपछि गायक तथा संगीतकार योगेशकाजी शाहले पनि पप गीतबाट लोक गीततिर अगाडि बढेको बताएका छन् ।
गुडलक नेपालको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमा ल्याइएको सो गीतमा अनुप राना, प्रिया घर्तीमगर र अन्जली गुरुङको अभिनय रहेको छ भने नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ । यसका साथै कुमारी बाँठा मगरद्वारा लिखित उपन्यास ‘पीडाको पोखरी’ कृति पनि एकै साथ विमोचन भएको छ ।