नेपालगन्ज । मंसिर १६ गते ।
बालमैत्री स्थानीय शासन बारे जानकारी मुलक होडिङ्गबोर्ड आज खजुरा गाँउपालिका वडा नम्बर २ सितापुरमा राखिएको छ ।
खजुरा गाँउपालिका वडा नम्बर २ र बास नेपालगन्जले बालमैत्री वडा घोषणा अभियान अन्तरगत सो होडिङ्गबोर्ड राखेको हो ।
बालमैत्री वडा घोषणा अभियानमा लागि परेका बेला सम्पूर्ण वडा बासिहरुलाई बालमैत्री स्थानिय शासन बारे जानकारी गराउने उद्धेश्यले सो होडिङ्गबोर्ड राखिएको वडा अध्यक्ष देबिलाल शर्माले बताए । वडाले बालमैत्री अभियानलाई प्राथमिकताका साथ अगाडी बढाईरहेको भन्दै निकट भबिष्यमा खजुरा गाँउपालिका वडा नम्बर २ बालमैत्री घोषणा हुने अध्यक्ष शर्माले बताए । सचेतना मुलक होडिङ्गबोर्ड खजुरा गाँउपालिका २ नम्बर वडा कार्यालय परिसरमा राखिएको छ ।