नेपालगन्ज । मंसिर १६ गते ।
बासले युवाहरुलाई स्वयंसेवा तर्फ लाग्न उत्प्रेरित गर्नका लागि शुरु गरेको ईमरजिङ्ग भोलेन्टियर
(उदयिमान स्वयंसेवक) कार्यक्रम आज नेपालगञ्जको एबिसी स्कुलमा सम्पन्न गरेको छ ।
स्वयंसेवा प्रति युवाहरुको आकर्षण बढाउन, स्वयंसेवा गर्न चाहने युवाहरुलाई सहयोग गर्न, स्वयंसेवि बिबेशिल युवा जमातका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न बासले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, उप–निर्देशक हेमराज भट्ट र स्वयंसेवक संयोजक रबिन्द्र बोहराले स्वयंसेवा, स्वयंसेवाको महत्व, आवश्यकता, सकारात्मक सोच, सामाजिक सद्भाव र सुशासनका बारेमा अभिमुखिकरण प्रदान गरेका थिए ।
६५ जना बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बिद्यार्थीहरुले स्वयंसेवा बारे बिभिन्न जिज्ञाशाहरु राखेका थिए । बिद्यार्थीहरुको जिज्ञाशालाई बासका अध्यक्ष मन भण्डारी, उप निर्देशक हेमराज भट्ट र स्वयंसेवक संयोजक रबिन्द्र बोहराले प्रष्ट पारेका थिए । बासले बाँकेका सबै कलेजहरुमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।