काठमाडौं — बलिउडमा यतिखेर अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह प्रशंगले तताएको छ । बलिउडका कला सम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरूले उनीहरूका नयाँ नयाँ खुराकहरू ल्याइरहेका छन् । यसैक्रममा पछिल्लो समय कट्रिना आप्नो विवाहमा अभिनेता सलमान खान नआउने हुने कि भन्नेमा सशंकित भएको खबर बाहिर आएको छ । कट्रिना चाहन्छिन्, ‘आफ्नो विवाहमा जसरी पनि सलमान आओस् र बधाई दिओस् ।’
त्यसो त यो कट्रिनाको आधिकारिक अभिव्यक्ति होइन । बलिउडमा गसिपकारहरू ‘आफैं विमारी र आफैँ धामी’ बन्ने गरेका छन् । यो समाचार पनि त्यस्तै हुनसक्छ । किनकि, कट्रिना र सलमान खान पूर्व प्रेमी प्रेमिका हुन् । यस्तो अवस्थामा कट्रिनाले किन यस्तो धारणा राखिन्, त्यो ती गपिकारहरूले नै जानुन् । अभिनेता कौशल र अभिनेत्री कट्रिनाबीच आगामी ९ डिसेम्बरमा विवाह हुँदैछ । राजस्थानमा उनीहरूको विवाह ‘रोयल’ शैलीमा हुँदैछ । यी कुरालाई पनि बबलिउडमा चर्चामा ल्याइएको छ ।
बलिउड हंगामा जो बलिउड कलाकारको विषयमा हंगामा नै ल्याउने गर्छ । यो न्युज पोर्टलका अनुुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगिसेका सकेका छन् । उनका पाहुनाहरू पनि राजस्थान पुग्ने क्रम जारी रहेको बताइएको छ । यहाँसम्म त ठीकै छ, तर कट्रिनाको विवाहमा उनका पूर्वप्रेमीसमेत रहेका सलमान जाने÷नजाने विषलाई बलिउडमा बिकाउको समाचार बनाइरहेका छन् । उनीहरूले स्रोतको अवाला दिँदै लेख्दै आएका छन्, ‘कट्रिनाको विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ ।’ तर, यो कुरामा कट्रिना विस्वस्त छैनन् किनकि कट्रिना बलिउडी एक यस्तो अभिनेत्री हुन्, जो अनलाइनमा आएका समाचारमा विश्वास गर्दिनन् ।
अर्को कुरा, अभिनेता सलमान खान कट्रिनाका बहिनीको एकदमै नजिक रहेको भन्दै उनी विवाहमा सरिक हुने सम्भावना धेरै रहेको बताइएको छ । कट्रिना पनि सलमान खान परिवारसहित विवाहमा सहभागी भइदिए हुन्थ्यो भन्ने चाहन्छिन् । कट्रिना आफ्नो विवाहमा सलमान खान आउनेमा विस्वस्त हुन नसकेपनि उनीहरूका परिवारबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेकाले आउन सक्छन् भन्नेमा कट्रिना आशावादी छिन् ।
सलमान खान साँच्चिकै कट्रिनासँग विवाह गर्न चाहेको बताइन्छ । उनीहरूबीचको प्रेम सफल हुन नसकेपनि साथीका रूपमा बोलचाल गर्दै आएका छन् । तर, सलमानले अहिलेसम्म मुख खोलेका छैनन् । भारतको अंग्रेजी दैनिक पत्रिकाले सोधेको एक प्रश्नमा सलमानले ‘अहिले नै त्यसबारे निर्णय’ गरिनसकेको जनाएका छन् । पत्रकारले सलमानलाई सोधेका थिए, ‘कट्रिना कैफको विवाहमा तपाइँ जानेबारे खबरहरू आइरहेको छ, के छ तयारी ?’ जवाफमा सलमानले भनेका छन्, ‘यसबारे निर्णय गर्न बाँकी छ ।’ उनको भनाइ अुनसार सलमान कट्रिनाको विवाहमा जान्छन् भन्ने अनुमान भारतीयउ मिडियाले गरेका छन् ।