नेपालगन्ज । मंसिर १७ गते ।
अपाङ्गता भएका ५० जना बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच शैक्षिक सामाग्री बितरण गरिएको छ ।
२७ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नरैनापुर गाँउपालिका वडा नम्बर ६ गंगापुरमा आयोजित कार्यक्रमका बिच सो शैक्षिक सामाग्री बितरण गरिएको हो । नरैनापुर गाँउपालिका स्थित विभिन्न बिद्यालयमा अध्ययनरत ५० जना बिद्यार्थीहरुलाई कार्यक्रमका अतिथि नरैनापुर गाँउपालिकाका प्रमुख ईस्तियाक अहमद शाह र युनिसेफ नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत प्रकास कैनीले सो सामाग्री हस्तान्तरण गरेका थिए । अपाङ्गता भएका बालबालिकाहरुलाई अध्यापनमा टेपा पुगोस भन्ने उद्देश्यले प्रदान गरिएको सो सामाग्री ग्रहण गरे पश्चात बिद्यार्थीहरुले शैक्षिक सामाग्री पाएकोमा खुसी ब्यक्त गरेका थिए ।
युनिसेफ नेपालको सहयोग, बास नेपालगन्जको सहकार्य तथा राष्ट्रिय मधेषि अपांग महासंघको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बासका उप निर्देशक हेमराज भट्ट, बासका स्वयम् सेवक संयोजक रबिन्द्र बोहराको उपस्थिती रहेको थियो ।