काठमाडौं – कर्णाली प्रदेशको जनजीवन, रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’को छायाँकन सकिएको छ । तिहारलगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ । करिब एक महिना निरन्तर छायांकन गरि युनिट राजधानी फर्किएको हो ।
मोती बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतका कलाकारको अभिनय छ । सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’को छायांकार शिब ढकाल हुन् । फिल्ममा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।