नेपालगन्ज । मंसिर १८ गते ।
डुडुवा गाँउपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज डुडुवा गाँउपालिकाका वडा नम्बर २ बेतहनीमा सम्पन्न भएको छ ।
डुडुवा गाँउपालिको आयोजना र बास नेपालगन्जको सहजिकरणमा सो सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । २५० बढी गाँउपालिका बासिहरुको सहभागिमा सम्पन्न सुनुवाईले ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा गाँउपालिकाको समग्र शैक्षिक विकासको लागि शैक्षिक सुधार प्याकेज सञ्चालन गर्ने, गाँउपालिकाले स्वास्थ्य सेवा सुधारका लागि १ महिना भित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने साथै गाँउपालिकाका गर्भवतिहरुका लागि निशुःल्क र अन्य विरामीको हकमा न्यूनतम शुल्क निर्धारण गरि सञ्चालन गर्ने, गाँउपालिकामा सञ्चालीत मर्दसाहरुको अनुगमन गरि आवश्यकताको आधारमा शैक्षिक अनुदान उपलब्ध गराउने, गाँउपालिकाको वडा नम्बर ५ मा ल्याब सेवा सञ्चालन गर्ने र गाँउपालिका भित्र सञ्चालीत योजनाहरुको पारदर्शिता तथा थप प्रभावकारिताका लागि नियमित अनुगमन गर्ने प्रतिबद्धता गरिएको छ ।
बासका केन्द्रीय सदस्य शिब कुमार बर्माले सहजिकरण गरेको सुनुवाईमा बर्हिगमन अभिमत र नागरिक प्रतिबेदन पत्रको नतिजा सार्वजनिक बासका उप निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईको शुरुवातमा गाँउपालिकाले सञ्चालन गरिरहेका क्रियाकलापको बारेमा जानकारी गाँउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गरेका थिए भने आ.ब. २०७५÷०७६ को पहिलो चौमासिकमा सम्पन्न कार्यक्रमहरुको बारेमा गाँउपालिकाका योजना शाखा प्रमुख मान बहादुर बोगटिले जानकारी गराएका थिए । बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले स्वागत तथा उद्धेश्य माथि प्रकास पारेको सुनुवाईमा सरोकारवालाको रुपमा गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडा नम्बर २ का अध्यक्ष गजेन्द्र प्रसाद कैराती, योजना शाखाका मान बहादुर बोगटी, प्रशासन शाखा प्रमुख ऋषिराज गौतम, शिक्षा शाखा प्रमुख राम ईकवाल मण्डल, स्वास्थ्य शाखा प्रमुख धन बहादुर बुढा, महिला तथा बालबालिका शाखाकी प्रभा शाही, कृषि शाखाका धन सिंह बुढा, गाँउ कार्यपालिका सदस्यहरु कमला शाही, लिलावती यादब, शुष्मा यादब लगायतको उपस्थितीती रहेको थियो ।