वीरगञ्ज– नेकपा एमालेका नेताहरू शनिबार स्थलगत अनुगमनको लागी वीरगञ्ज आएका छन् । आगामी पुस ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रवेश कार्यक्रमको तयारीलगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न स्थलगत अनुगमनको लागी वीरगञ्ज आएका छन् । विशेष गरी प्रदेश नम्बर २ भरिका नेताहरू पर्सा जिल्ला आएका हुन् ।
जगरनाथपुरमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रमलाई भब्य बनाउने उदेश्यले एमाले नेताहरूको टोली स्थलगत अनुगमनको सिलसिलामा पर्सा आएको हो । टोलीमा एमालेका केन्द्रीय सचिव एवं पुर्व उपप्रधानमन्त्री रघुबीर महासेठ, स्थायी समितीका प्रभु साह, नेताहरू लिलानाथ श्रेष्ठ, पुरुषोतम पौडेल, ज्वाला साह, अच्युत मैनाली, प्रभु हजरा, राजकुमार गुप्ता, निर्मला देबकोटा, अरबिन्द सिंह, कल्पना कटुवाल, बलबरि चौधरी, बद्री प्रसाद न्यौपाने, सुमन प्याकुरेल, उद्धब रेग्मी लगायत प्रदेशका अध्यक्ष, उपाध्याक्ष, सचिव, उपसचिव, सदस्यहरू, प्रदेश भरिका अगुवा नेताहरूको सहभागिता रहेको थियो ।
प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रमको संचालन मनोज गुप्ताले गरेका थिए । अगुवा नेताहरूले स्थानीय कुमु होटलमा भेला गरि ८ गतेको कार्यक्रममा ब्यापक सहभागिता गराउने निर्णय गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य के. सी. लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।